गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पुटिनले युक्रेनमा आक्रमण गर्नेमा म विश्वस्त छु -बाइडेन पुटिनले युक्रेनमा आक्रमण गर्नेमा म विश्वस्त छु -बाइडेन दीप संञ्चार फागुन ७, २०७८ गते १८:१८ मा प्रकाशित एजेन्सी -अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरेकोमा आफू विश्वस्त रहेको बताएका छन् ।रुस-युक्रेन सङ्कटमा ह्वाइट हाउसमा भएको पछिल्लो घटनाक्रमको बारेमा बोल्दै बाइडेनले भने, ‘यस क्षणसम्म, म विश्वस्त छु कि पुटिनले आक्रमणको निर्णय गरेका छन्।’गत महिनामा भएको ब्रिफिङमा राष्ट्रपति बाइडेनले रुसी राष्ट्रपति पुटिनको युक्रेनका विषयमा लिइने निर्णय लगभग सबैको लागि रहस्यमय थियो यति सम्म कि शीर्ष रूसी सल्लाहकारहरू पनि उनको मनसायको बारेमा अन्योलमै भएको सङ्केत मिल्थ्यो। तर शुक्रबारका टिप्पणीहरूले राष्ट्रपतिको दृष्टिकोणमा महत्त्वपूर्ण परिवर्तन आएको र उनका समकक्षीको योजनाहरूमा अझ बढी निश्चित रहेको सङ्केत मिलेको बताएका छन् ।राष्ट्रपति बाइडेनले पुटिनले आक्रमणको साथ अगाडि बढ्ने संकल्प गरेको लगभग निश्चित भएको बताएका छन् । ‘रुसी सेनाले आगामी दिनमा युक्रेनमा आक्रमण गर्ने योजना बनाएको छ। हामी विश्वास गर्छौं कि उनीहरूले युक्रेनको राजधानी किभलाई लक्षित गर्नेछन्,’ बाइडेनले थप टिप्पणी गरे । -एएनआईक्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट