गृहपृष्ठ ∕ आर्थिक ∕ विश्वकप छनोट :उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित विश्वकप छनोट :उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित दीप संञ्चार फागुन ६, २०७८ गते १७:४७ मा प्रकाशित काठमाडौँ -आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट ‘ए’मा नेपालले विजयी शुरुवात गरेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा आज दिउँसो भएको खेलमा कसिलो बलिङ गर्दै नेपालले घरेलु टोलीलाई ३९ रनले पराजित गरेको हो ।१ सय १८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको ओमानलाई नेपालले १७ ओभरमा समेट्न सफल भयो । नेपालको जितमा कमलसिंह ऐरीले ३ तथा कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए । यस्तै अबिनाश बोहोरा र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनायो । नेपालका लागि आरिफ शेखले ३८ रन र कप्तान सन्दीप लामिछानेले नटआउट १६ रन जोडे ।यस्तै क्यानडाले फिलिपिन्सलाई १ सय १८ रनले पराजित गरेको छ । नेपालले भोलि बिहान ११ः४५ बजे फिलिपन्ससँग प्रतिस्पर्धा गर्नेछ ।क्याटेगोरी : आर्थिकट्याग : #टी–ट्वान्टी विश्वकप क्रिकेट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल