गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन -अमेरिका एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन -अमेरिका दीप संञ्चार फागुन ६, २०७८ गते १७:३५ मा प्रकाशित एजेन्सी -अमेरिकाले एमसीसीलाई लिएर हिंसा भड्काउने विचार स्वीकार्य नहुने बताएको छ ।काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत शुक्रबार अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकाले एमसीसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो ।एमसीसीलाई लिएर नेपालभर सडक प्रदर्शन भइरहेका बेला अमेरिकाले सो धारणा सार्वजनिक गरेको हो ।अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक रहेको र एमसीसीको विषयमा पनि सोही धारणा रहेको भन्दै उसले हिंसा भड्काउने विचार स्वीकार्य रहेको बताएको हो ।‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, । एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमा लेखिएको छ । क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #एमसीसी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप