गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग दीप संञ्चार माघ २६, २०७८ गते ८:२० मा प्रकाशित काठमाडौँ -निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँगै आयोगले तयारी अघि बढाएको हो । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।सामान्यतयाः निर्वाचनको तयारी गराउन आयोगलाई १ सय २० दिन चाहिन्छ । तर, निर्वाचन आउन ९४ औं दिन बाँकी रहेकोले निर्वाचनसम्बन्धी व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक काम तीव्र गतिमा गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । आयोगका निर्वाचनको तयारीको लागि यसबिचमा ५३ वटा क्रियाकलाप गर्नुपर्ने हुन्छ ।२०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो भने अहिले एकैचरणमा गर्नुपर्ने स्थितिले पनि कामको चाप बढ्ने आयुक्तहरू बताउँछन् ।निर्वाचनको मिति घोषणासँगै आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम स्थगित गरेको छ । आयोगले निर्वाचनको मिति घोषणा गरेको दिन आइतबारसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने प्रवक्ता पौडेलले बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #निर्वाचन आयोग तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै