गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग अन्तिम मतदाता नामावली तयार पार्दै निर्वाचन आयोग दीप संञ्चार माघ २६, २०७८ गते ८:२० मा प्रकाशित काठमाडौँ -निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन गराउन मंगलबारदेखि तयारी अघि बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन गराउने घोषणासँगै आयोगले तयारी अघि बढाएको हो । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न–गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।सामान्यतयाः निर्वाचनको तयारी गराउन आयोगलाई १ सय २० दिन चाहिन्छ । तर, निर्वाचन आउन ९४ औं दिन बाँकी रहेकोले निर्वाचनसम्बन्धी व्यवस्थापकीय, प्राविधिक र व्यावहारिक काम तीव्र गतिमा गर्नुपर्ने अवस्था रहेको आयोगले जनाएको छ । आयोगका निर्वाचनको तयारीको लागि यसबिचमा ५३ वटा क्रियाकलाप गर्नुपर्ने हुन्छ ।२०७४ सालमा वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो भने अहिले एकैचरणमा गर्नुपर्ने स्थितिले पनि कामको चाप बढ्ने आयुक्तहरू बताउँछन् ।निर्वाचनको मिति घोषणासँगै आयोगले फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम स्थगित गरेको छ । आयोगले निर्वाचनको मिति घोषणा गरेको दिन आइतबारसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने प्रवक्ता पौडेलले बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #निर्वाचन आयोग तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ