गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप दीप संञ्चार माघ २३, २०७८ गते १२:५७ मा प्रकाशित एजेन्सी -युक्रेन मामिलालाई लिएर बढेको अमेरिका र रुसबीचको तनाब झनै चर्किएको छ । रसियाले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपछि सुरु भएको तनाव पछिल्ला दिनमा झनै चर्किएको हो ।युक्रेनी सेनाले रसिया समर्थित विद्रोहीलाई हमला गरेको नक्कली भिडियो तयार पारेर रसियाले युक्रेन अतिक्रमणको बहाना गरेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । रसियाले बिस्फोटको ग्राफिक तस्बिरहरू बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको अमेरिकी अधिकारीहरुले दाबी गरेका हुन् ।तर, रसियाली प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खन्डन गरेका छन् । अमेरिकाले रसियालाई उत्तेजित बनाएको उनले बताएका छन् ।रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन अमेरिकाले विवादलाई बहाना बनाएको आरोप लगाए ।रसियाले युक्रेनमाथि हमलाको योजना गरेको पश्चिमा देशहरुले अनुमान गरिरहेका छन् । रसियाले यसअघि नै युक्रेनको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । युक्रेनमा अतिक्रमणको आफ्नो योजना नभएको रसियाले बताउँदै आएको छ ।तनाव चर्किरहेका बेला अमेरिकाले पूर्वी युरोपमा आफ्ना सेना बढाएको छ । युक्रेनमाथि रसियाको सम्भावित हमलाको आशंकाबीच बाइडेनले अमेरिका, पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल