गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप अमेरिका र रुसबीचको विवाद चर्कियो, एकअर्कामा आरोप–प्रत्यारोप दीप संञ्चार माघ २३, २०७८ गते १२:५७ मा प्रकाशित एजेन्सी -युक्रेन मामिलालाई लिएर बढेको अमेरिका र रुसबीचको तनाब झनै चर्किएको छ । रसियाले युक्रेनसँगको सीमामा एक लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेपछि सुरु भएको तनाव पछिल्ला दिनमा झनै चर्किएको हो ।युक्रेनी सेनाले रसिया समर्थित विद्रोहीलाई हमला गरेको नक्कली भिडियो तयार पारेर रसियाले युक्रेन अतिक्रमणको बहाना गरेको अमेरिकी अधिकारीहरूले दाबी गरेका छन् । रसियाले बिस्फोटको ग्राफिक तस्बिरहरू बनाए ठूलो मानवीय क्षति भएको देखाउन कपोकल्पित आक्रमणको नाटक गर्ने सोचिरहेको अमेरिकी अधिकारीहरुले दाबी गरेका हुन् ।तर, रसियाली प्रशासन क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकी दाबीमा सत्यता नभएको भन्दै त्यसको खन्डन गरेका छन् । अमेरिकाले रसियालाई उत्तेजित बनाएको उनले बताएका छन् ।रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन अमेरिकाले विवादलाई बहाना बनाएको आरोप लगाए ।रसियाले युक्रेनमाथि हमलाको योजना गरेको पश्चिमा देशहरुले अनुमान गरिरहेका छन् । रसियाले यसअघि नै युक्रेनको सीमामा १ लाख सुरक्षाकर्मी तैनाथ गरेको छ । युक्रेनमा अतिक्रमणको आफ्नो योजना नभएको रसियाले बताउँदै आएको छ ।तनाव चर्किरहेका बेला अमेरिकाले पूर्वी युरोपमा आफ्ना सेना बढाएको छ । युक्रेनमाथि रसियाको सम्भावित हमलाको आशंकाबीच बाइडेनले अमेरिका, पोल्यान्ड र जर्मनीमा दुई हजार सेना पठाउने भएको हो । त्यस्तै, जर्मनीमा यसअघि नै तैनाथ एक हजार सुरक्षाकर्मी रोमानियामा जाने भएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, अमेरिकाट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउभावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको…निर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने