गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर ओरालो लाग्यो नेपालमा कोरोना संक्रमणदर दीप संञ्चार माघ १५, २०७८ गते ९:१८ मा प्रकाशित काठमाडौँ -नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ।परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत, १३ गते ४१.५ प्रतिशत र १४ गते ३६.८ प्रतिशत संक्रमित भएको देखिन्छ। यो हिसाबले ६ दिनको अवधिमा १४ प्रतिशत बिन्दुले संक्रमण दर घटेको देखिन्छ। ९ गते यता प्रत्येक दिन २ देखि ४ प्रतिशत बिन्दुले संक्रमणदर घट्दै गएको तथ्यांकले औंल्याएको छ।पछिल्लो चौबिस घण्टामा परीक्षण भएका १९ हजार ८ सय ६९ वटा नमुनामध्ये ६ हजार ८ सय २७ मा संक्रमण पुष्टि भएको छ। अघिल्लो दिन संक्रमित संख्या ८ हजार १७ थियो।शुक्रबार थपिएकासहित मुलुकमा सक्रिय संक्रमितको संख्या ८९ हजार ८ सय ६९ पुगेको छ। संक्रमितमध्ये २ सय ५६ जनाको आइसियुमा र ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अन्य होम आइसोलेसन र संस्थागत आइसोलेसनमा छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले माघको तेस्रो सातासम्म संक्रमणदर दैनिक २० हजारसम्म पुग्न सक्ने र त्यसपछि ओरालो लाग्ने प्रक्षेपण गरेको थियो।केहीले संक्रमित भएर पनि परीक्षण नगराएको र केही संक्रमित घरमै बसेकाले तथ्यांकमा समावेश हुन नसकेको देखिन्छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल