गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ प्रदेश र स्थानीय तह रोजेका निजामती कर्मचारी अब संघमा फर्कन नपाउने प्रदेश र स्थानीय तह रोजेका निजामती कर्मचारी अब संघमा फर्कन नपाउने दीप संञ्चार माघ १३, २०७८ गते ६:५१ मा प्रकाशित काठमाडौँ -समायोजनका क्रममा प्रदेश र स्थानीय तह रोजेका निजामती कर्मचारी अब सङ्घीय निजामती सेवामा फर्कन नपाउने भएका छन् ।सर्वोच्च अदालतले बुधबार प्रदेश र स्थानीय तहमा समायोजन भई गएका कर्मचारीलाई सङ्घीय निजामती सेवामा फर्काउन नपर्ने’ फैसला गरेअनुरूप उनीहरू प्रदेश र स्थानीय तहमा नै रहने भएका छन् ।सङ्घको दरबन्दी लुकाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको जिकिरसहित दायर रिट सर्वोच्चले बुधबार खारेज गरेको छ । निवेदन खारेज भएसँगै अघिल्लो वर्षदेखिको रोकिएको राजपत्राङ्कित तृतीय श्रेणीको नतिजा सार्वजनिक र नयाँ प्रक्रिया अघि बढाउने कानुनी बाटोसमेत खुलेको छ । अदालतले समायोजित कर्मचारीको फराकिलो वृत्ति विकासका लागि आवश्यक कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्न भने सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको छ । अभिलेख व्यवस्थापन र समायोजनका सम्बन्धमा देखा परेका गुनासा सम्बोधनका लागि सकारात्मक उत्प्रेरणाको नीतिगत व्यवस्था गर्न पनि सरकारलाई अदालतले आदेश गरेको छ ।अदालतले सकारात्मक उत्प्रेरणाका लागि कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्न पनि आदेश गरेको हो । न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासले कर्मचारी समायोजन ऐन, लोकसेवा आयोग नियमावली तथा निजामती सेवा नियमावली अनुकूल नै समायोजन प्रक्रिया अघि बढेकाले मागबमोजिम आदेश जारी गर्न अस्वीकार गरेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #निजामती कर्मचारी तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट