गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ करोड नाघ्यो विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ करोड नाघ्यो दीप संञ्चार माघ १३, २०७८ गते ६:३६ मा प्रकाशित एजेन्सी -विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ३६ करोड नाघेको छ। पछिल्लो २४ घण्टामा ३३ लाख ४९ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३६ करोड २७ लाख नाघेको हो।योसँगै विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ करोड नाघेको छ। जसमध्ये ९६ हजारको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।पछिल्लो २४ घण्टामा १९ लाख ७० हजार निको भएसँगै कोरोना जित्नेको सङ्ख्या २८ करोड ६५ लाख नाघेको छ।यस्तै २४ घण्टामा ९ हजार ७ सयको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको सङ्ख्या ५६ लाख ४४ हजार पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ।बुधबार विश्वभर ३४ लाख ९५ हजार नयाँ सङ्क्रमित थपिँदा २३ लाख ७१ हजार निको भएका थिए भने १० हजारको मृत्यु भएको थियो।नेपालमा तीव्र संक्रमणनेपालमा पछिल्लो २४ घण्टामा ८४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ५४९ जनाको पीसीआर परीक्षणमा ५५७१ र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २८८३ जनामा कोरोना पुष्टि भएको हो ।२४ घण्टामा ५ कोरोना संक्रमितको मृत्यु भएको छ। सोह अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४४३३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ८९ दशमलब २ रहेको छ । तीव्र रुपमा फैलिएको नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ । काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ सक्रिय संक्रमित छन्। क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न