गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ प्रदेश नम्बर ३ को रक्तदान सम्पन्न, दाताहरुको उत्साहजनक उपस्थिति प्रदेश नम्बर ३ को रक्तदान सम्पन्न, दाताहरुको उत्साहजनक उपस्थिति दीप जङ्ग शाह भदौ १३, २०७६ गते १६:२१ मा प्रकाशित दोहा, सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्ध नेपालीको परिकल्पना भन्ने मुल नाराका साथमा दोहामा कृयाशिल रहेको प्रदेश नम्बर ३ समन्वय परिषद कतारले रक्तदान कार्यक्रम शुक्रवार हमाद मेडिकल कर्पोरेशनको रंगत बैंकको कक्षमा सम्पन्न गरेको छ ।सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तनको मातृत्वमा मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) कतार च्याप्टर संयोजक रामजी खत्री र महासचिव हुमा पोखरेलबाट रक्तदान कार्यक्रमको शुभारम्भ भएको थियो । आयोजकका तर्फबाट परिषदका प्रथम उपाध्यक्ष विष्णु भण्डारीबाट शुरुवात गरेको रक्तदान कार्यक्रममा कतारमा रहेको १ सय पाँच जनाको सहभागिता मध्ये स्वास्थ्य परिक्षणपछि ८० जनाले रक्तदान गरेका थिए ।२० जना भन्दा धेरै महिला दाताहरुको सहभागिता रहेको कार्यक्रम पछि सञ्चार कर्मिहरुसंग बोल्दै परिषदका अध्यक्ष समीर खत्रीले रंगतको अभावमा कसैको अकालमा मृत्यु नहोस भन्ने हेतुले आयोजना गरेको यस कार्यक्रममा उत्साहजनक उपस्थिति रहेकाेमा खुसि ब्यक्त गर्दै उपस्थित सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गरे । खत्रिले भने, ‘हामी निरन्तर सामाजिक सेवामा छौं, र यो यात्रामा सहकार्य गर्ने सबै प्रति नमन एवं आभार व्यक्त गर्दछु ।’ क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट