गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार दीप संञ्चार माघ ११, २०७८ गते ८:३१ मा प्रकाशित एजेन्सी -दक्षिण अफ्रिकाबाट उडेको एउटा विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार भएको छ । एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भएको सानो भागमा लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा उद्धार गरेको बीबीसीले उल्लेख गरेको छ ।दक्षिण अफ्रिकाको जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। कार्गो विमान केन्याको राजधानी नाइरोबी हुँदै एम्स्टर्ड्याम पुगेको थियो ।११ घण्टा बढी समयको उडानमा रहेको विमानको बाहिरी भागमा लुकेका व्यक्ति जीवित भेटिनुलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले असामान्य भनेका छन् ।निक्कै माथि पुगेपछि अक्सिजनको मात्रा र तापक्रम घट्ने हुँदा लामो उडानमा रहेको विमानको बाहिरी भागमा मानिस जीवित हुने सम्भावना कम हुन्छ ।प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागि नसकेको बताएको बीबीसीले लेखेको छ । ती व्यक्ति जीवित हुनुलाई भने प्रहरीले अद्भूत विषय भनेको छ ।विमान ल्याण्ड भएपछि विमानस्थलमा फेलाका ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। त्यसपछि उनलाई अस्पताल पठाइएको छ ।कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्।आइतबार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा रोकिएकाले ती व्यक्ति कहाँबाट पाङ्ग्रामा बसे भन्ने पुष्टि भइसको छैन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #Breakig, #उद्धार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल