गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस र युक्रेनबीच युद्धको खतरा : ८ हजार ५०० अमेरिकी सेना ‘हाई अलर्टमा रुस र युक्रेनबीच युद्धको खतरा : ८ हजार ५०० अमेरिकी सेना ‘हाई अलर्टमा दीप संञ्चार माघ ११, २०७८ गते ८:१८ मा प्रकाशित एजेन्सी -रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै अमेरिकी रक्षा विभाग पेन्टागनले ८ हजार ५ सय अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथ गर्नका लागि हाईअलर्ट राखेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले यसमा कम्ब्याट टोली, स्वास्थ्यकर्मी, गुप्तचर र सर्भेलेन्ट टिमका सदस्य सामेल रहेको जानकारी दिएका छन् ।किर्बीले भने, अहिलेसम्म यी सैनिकहरूलाई तैनाथीको आदेश वा कुनै मिसन दिइएको छ । यद्यपि, पूर्वी युरोपमा नेटोलाई मजबुत गर्नका लागि अमेरिकी सैनिक तैनाथ गर्न सकिन्छ । युरोपमा अतिरिक्त अमेरिकी सैनिक तैनाथ गर्ने कुरा नेटोको फैसलामा हुनेछ ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि हमला गरे गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसी सेनाले आयरल्याण्डको तटबाट मात्र १५० माइल टाढा सैन्य अभ्यास गर्ने घोषणा गरेपछि जोन्सनको यस्तो बयान आएको हो । रुसले एटलान्टिक, प्रशान्त र भूमध्यसागरमा आफ्ना १४० युद्धपोतको अभ्यास गर्ने घोषणा गरेको थियो ।यता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन र रुसबीचको तनाव कम गर्नका लागि राजनीतिक संवाद सुरु गर्न आग्रह गरेका छन् । उनले युद्धको साटो छलफलबाट समस्या समाधान गर्न अपिल गरेका हुन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप