गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ नेदरल्यान्ड्समा एक नेपालीको मृत्यु नेदरल्यान्ड्समा एक नेपालीको मृत्यु दीप संञ्चार माघ ५, २०७८ गते ९:२१ मा प्रकाशित एजेन्सी -नेदरल्यान्ड्सको पुरमेरेन्डमा आइतबार साँझ स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । दाङ घर भई नेदरल्याण्ड बस्दै आएका ५६ वर्षीय विकास शर्माको एम्स्टर्डम मेडिकल कलेजमा आइतबार राति नै उपाचारको क्रममा मृत्यु भएको हो । मृतक शर्माका श्रीमती, एक छोरा र एक छोरी नेदरल्यान्ड्समा नै रहेका छन्।एनआरएनए नेदरल्याण्डस पूर्वअध्यक्ष मनोहरी शर्माका अनुसार पैदलयात्रा गरिरहेका उनलाई तीव्र गतिमा गुडेको स्कुटरले ठक्कर दिएको थियो। ‘आफ्नै पसलबाट घर फर्केने क्रममा दुर्घटना भएको हो । ‘बसबाट झरेर उहाँ घरतर्फ जादै हुनुहुन्थ्यो। दुर्घटनालगत्तै हेलिकप्टरमार्फत अस्पताल पु(याइएको थियो । तर उपाचार हुँदै गर्दा उहाँको निधन भएको हो,’ पूर्वअध्यक्ष शर्माले भने।गम्भीर चोट लागेर घाइते भएका शर्माको टाउकोको शल्यक्रिया गरिएको भए पनि सफल हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ। स्कुटरमा सवार दुई जना पनि घाइते भएको बताइए पनि घटनाबारे प्रहरीको आधिकारिक रिपोर्ट प्राप्त भइनसकेको शर्माले बताए।विगत १६ बर्षदेखि नेदरल्यान्ड्समा बस्दै आएका शर्मा व्यवसायमा पनि संग्लग्न थिए । उनी नेपाली कांग्रेसको १३औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति नेदरल्यान्ड्सबाट महाधिवेशन प्रतिनिधिको रुपमा पनि चुनिएका थिए ।एनआरएनए युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले शर्माको मृत्युप्रति दुस्ख व्यक्त गर्दै नेदरल्यान्ड्सले मात्रै नभई सिंगो युरोपले नै एक सामाजिक व्यक्तित्व गुमाएको बताए। आचार्यका अनुसार मृतक शर्माको बुधबार नेदरल्याड्समा अन्तिम बिदाइ सहित अन्त्येष्टि गरिँदैछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट