गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फ्रान्समा खोप नलगाएका नागरिकविरुद्धको प्रतिबन्धको विरोधमा ब्यापक प्रदर्शन फ्रान्समा खोप नलगाएका नागरिकविरुद्धको प्रतिबन्धको विरोधमा ब्यापक प्रदर्शन दीप संञ्चार माघ २, २०७८ गते २०:३८ मा प्रकाशित एजेन्सी -फ्रान्समा कोरोनाविरुद्धको खोप नलगाएका ब्यक्तिहरूमाथि लगाइएको प्रतिबन्धको बिरुद्धमा ब्यापक प्रदर्शन भएको छ । राजधानी पेरिस लगायतका शहरमा भेला भएका हजारौं सर्वसाधारणले राष्ट्रपति इमानुएल म्याक्रोँंविरोधी नारा लगाउँदै प्रदर्शन गरेका छन् ।आगामी चुनावमा राष्ट्रपति पदका उम्मेदवार रहेका फ्लोरियन फिलिपपोटको नेतृत्वमा आयोजना गरिएको बिरोध प्रदर्शनमा राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।प्रदर्शनकारीहरुले फ्रान्समा किशोर किशोरीहरुलाई खोपका बारेमा जानकारी समेत नरहेको भन्दै खोप अनिवार्य गर्नु गलत भएको पनि बताएका छन् ।प्रदर्शनकै क्रममा टेनिस स्टार नोभाक जोकोभिजलाई अष्ट्रेलिया सरकारले खोप नलगाएको भरमै भिसा नदिएकोमा पनि प्रदर्शनकारीले अष्ट्रेलियाली सरकार बिरुद्ध समेत नारा लगाए ।फ्रान्सको इतिहासमा एलो टिसर्टपछिको यो नै ठुलो प्रदर्शन भएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा व्यबस्था कडा पारिएको छ । फ्रान्समा कोरोना बिरुद्धको खोप नलाउनेको संख्या उल्लेख्य छ । यसअघि फ्रान्सको माथिल्लो सदनले खोप अनिवार्य गर्ने विधेयकलाई मान्यता दिएको थियो ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप