गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं समुदायमै फैलियो कोरोना, खेलाँची नगरौं दीप संञ्चार पुस २९, २०७८ गते ८:५६ मा प्रकाशित काठमाडौँ -कोरोनाका नयाँ भेरियन्ट डेल्टा र ओमिक्रोनको संक्रमण बढेपछि केही दिनयता संक्रमितहरूले सचेत गराइरहेका छन्। संक्रमणको पहिलो र दोस्र्रो लहरमा लुकाउने बानी रहेकोमा यसपटक प्रष्ट्याउने प्रवृत्ति देखा परेको छ।जनस्वास्थ्यविज्ञ डा. शरद वन्त आफू संक्रमित भएको जानकारी खुला रूपमा सार्वजनिक गर्नु सकारात्मक भएको बताउँछन्। ‘कोरोनाको पहिलो र दोस्रो संक्रमण अवधिमा संक्रमितहरू परिचय लुकाउँथे,’ डा। वन्त भन्छन्, ‘अहिले खुला रूपमा सार्वजनिक गर्दा सकारात्मक सन्देश जान्छ। सावधानी र सजगता अपनाउन प्रेरित गर्छ।’समुदायमा संक्रमणस्थानीय तहमा पनि डेल्टा र ओमिक्रोन संक्रमण पुष्टि भएकाले समुदाय तहमै संक्रमण फैलिसकेको जनस्वास्थ्य विज्ञहरूको दाबी छ।डेल्टासँगै ओमिक्रोन भेरियन्टका संक्रमणका कारण तेस्रो लहरको संकेतहरू देखिएका छन्। जनस्वास्थ्य विज्ञ डा। वन्त भन्छन्, ‘समुदाय तहमा संक्रमण भएको कुरालाई नकार्न मिल्दैन। केश हेर्दा सबै आयातीत मात्र छैनन्। पहिचान भएका संक्रमिहरू मिश्रण छ।’ पुस महिनाभित्र संक्रमण प्रवृत्ति २३ दशमलव ६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबार ३ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन्। अहिले कुल संक्रमितको संख्या ११ हजार ६ सय ९० पुगेको छ। हालसम्म २७ जना व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ