गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी सेनाको घेराबन्दीमा युक्रेन रुसी सेनाको घेराबन्दीमा युक्रेन दीप संञ्चार पुस २८, २०७८ गते १६:३८ मा प्रकाशित एजेन्सी – १ लाखभन्दा बढी रुसी सेनाले यूक्रेनलाई तीनतर्फबाट घेरेर राखेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।रुसी घेराबन्दी र यूक्रेनमा हमलाको आशंकाबीच जेनेभामा रुस र अमेरिकाबीच भइरहेको वार्तामा गतिरोध आएको थियो । रुसी उप विदेश मन्त्री रायबाकोभले अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मलाई एक सुत्रे सर्त राखेका थिए । रुसका अनुसार उसको चासो अमेरिकाले यूक्रेनलाई सैन्य संगठन नाटोमा समावेश नगरोस् भन्ने नै हो ।रुस नाटो सेनालाई आफ्नो ढोकाबाट पर राख्न चाहन्छ । उता अमेरिकाले युक्रेनलाई नाटो सेनामा समावेश गर्ने बारेमा कुनै प्रतिबद्धता जनाएको छैन । रुसी सेनाले यूक्रेनलाई पूर्वी क्षेत्रको सोलोटी र बोगुचार, उत्तरी क्षेत्रमा पोचेपबाट घेरेर राखेको छ । सैन्य विशेषज्ञका अनुसार रुस लगातार यूक्रेनको सीमामा आफ्नो सैन्य उपस्थितिलाई बढाउँदै गरेको छ । अतिरिक्त सैनिक पनि तैनाथ गरिएको छ ।यदि युद्धको स्थितिमा अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएमा यसको फाइदा चीनलाई हुने छ । अमेरिका यो चाहँदैन । अमेरिका सीधा युद्धमा समावेश हुन चाहँदैन । उता पहिले पूर्वी यूक्रेन पुटिनको समर्थनमा रहेको थियो । २०१४ मा रुसले क्राइमियामा हमला गरेपछि स्थिति फेरिएको छ । यूक्रेनका जनता अब रुस विरोधी सरकारलाई निर्वाचित गराउँदै आएका छन् । प्रतिबन्धको स्थितिमा रुसले प्रतिक्रियाको रूपमा युरोपमा ग्यासको आपूर्ति रोक्न सक्छ । यसमा अमेरिकाको सहयोगी युरोपेली देश प्रभावित हुनेछन् । युरोपको ४० प्रतिशत ग्यास आपूर्ति रुसबाट हुँदै आएको छ । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल