गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ देउवाको तीनदिने भारत भ्रमणको तयारी सुरु देउवाको तीनदिने भारत भ्रमणको तयारी सुरु दीप संञ्चार पुस ११, २०७८ गते ७:५५ मा प्रकाशित काठमाडौँप्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लागेका छन्। प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ ।देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ । पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुगेका थिए ।प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो ।प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, “भारतीय प्रधानमन्त्रीको निम्तो प्राप्त भएको छ । त्यसअनुसार भ्रमणको आवश्यक गृहकार्य भइरहेको छ ।” कोभिडको पछिल्लो भेरियन्टको भारतमा प्रभाव बढ्दै गइरहेको बेला भ्रमण के हुने भन्ने अन्तिम टुङ्गो भने लागिनसकेको बताइएको छ । भ्रमण हुने निश्चित भएमा यही पुस २५ गते प्रधानमन्त्री देउवा भारत जानेछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट