गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ विवेकशील नेपाली दल कतारको सातौँ ‘चिया चौतारी’ शृङ्खला सम्पन्न विवेकशील नेपाली दल कतारको सातौँ ‘चिया चौतारी’ शृङ्खला सम्पन्न दीप जङ्ग शाह भदौ २, २०७६ गते १२:०१ मा प्रकाशित विवेकशील नेपाली दल कतारले आफ्नो चिया चौतारी नामक छलफलको सातौँ शृङ्खला सम्पन्न गरेको छ। कतारको नजमा स्थित मण्डला रेष्टुरेण्टको सभाहलमा उक्त कार्यक्रम गरिएको हो।यस कार्यक्रममा विवेकशीलले समाजमा रहेका विभिन्न क्षेत्र सँग सम्बन्धित व्यक्तिलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरेर उहाँको सो क्षेत्र सँगको अनुभव उपलब्धी र समाजलाई पुर्याउने मद्दत तथा टेवाको सम्बन्धमा अन्तरङ्ग कुराकानी गर्ने गर्दछ।विवेकशीलले आफ्नो सातौँ शृङ्खलामा कतारमा रहेर नेपाली भाषा साहित्यमा साधनारत साहित्यकार रूप रसाइली विश्वकर्मालाई प्रमुख अतिथिको रूपमा ल्याएको थियो। रसाइली सँगको अन्तर्क्रियामा रसाइलीले नेपाली साहित्यमा आफ्नो साधनाको विषयवस्तु तथा साहित्यको बारेमा प्रष्ट पारेका थिए । साहित्यले समाजलाई भाषिक एकतामा जोड्ने र भाषाको संरक्षणमा मद्दत पुग्ने रसाइलीको कथन थियो। साहित्य पूर्णतया चिन्तामय भएकामा अब चिन्तनको खोजी हुनुपर्ने आवश्यकता महशुस भएको रसाईलीले बताए । साहित्य के हो? भन्ने जिज्ञासामा “साहित्य त्यो विषय हो जसको मार्फत मनभित्रको भावनाहरूलाइ लिपिबद्ध गरि प्रस्तुत गर्न सकिन्छ” उनले बताए ।हरेक मानिस भित्र साहित्य रहेको र हरेक मानिस साहित्यकार भएको उनको बुझाई रहेको छ। अनेसास नवोदितले आफूलाई दिएको स्थान र सोही स्थान मार्फत विवेकशीलको यस मञ्च सम्म आईपुग्दा जोडिएका सबै सबैमा आफू कृतज्ञ रहेको रसाईलीले जोड़े । रसाईली कतारमा स्थापित साहित्यिक संस्था नवोदित साहित्यिक वाचनालयको मोबाईल पुस्तकालय संयोजक हुन ।कार्यक्रम तीन चरणमा सञ्चालन भएको थियो, पहिलो चरणमा परिचयात्मक सँगै दोस्रो चरणमा प्रमुख अतिथि सँगजो कुराकानी र रचना वाचन भएको थियो भने तेस्रो चरणमा उपस्थित स्रष्टाहरूको रचना वाचन जोडिएको थियो।अन्तिममा कार्यक्रमको सन्दर्भमा विवेकशील नेपाली कतारका संयोजक गौरवराज अधिकारीले समाज र साहित्य बिचको समानता र साहित्यले समाजलाई दिने योगदानको महत्त्व साहित्यकारले बुझाउन सक्ने हुँदा यो कार्यक्रमको आयोजना भएको प्रष्ट्याएका थिए ।यस्ता कार्यक्रमहरू सञ्चालन आगामी दिनमा पनि हुने र दोहामा रहेका साहित्यकारहरूको सहयोग पाउने अपेक्षा रहेको उनले बताए । कार्यक्रम गौरवराज अधिकारीको संयोजनमा बुद्ध राईले सहजकर्ताको भूमिका निभाएका थिए भने विवेकशील नेपाली दलका केन्द्रिय सदस्य सुरेश भट्ट आश्रिनको उपस्थित र रूप रसाइलीको प्रमुख आतिथ्यतामा १६ अगस्त २०१९ का दिन सम्पन्न भएको थियो।विवेकशील नेपाली कतारले गर्दै आएको चिया चौतारी कार्यक्रम सम्पूर्ण दोहामा रहेका नेपाली समुदायको सहृदयी मित्रजनमा निशुल्क शिक्षा, सकारात्मक ज्ञान प्रदान गर्ने कार्यक्रम हो l यस कार्यक्रमका परिकल्पनाकार केन्द्रीय सदस्य भट्ट हून lक्याटेगोरी : गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल