गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने जब सत्तारुढ दलका सांसदले मञ्चमै खेलाडीलाई झापड हाने दीप संञ्चार पुस ३, २०७८ गते १८:३३ मा प्रकाशित काठमाडौँ भारतको झारखण्ड राज्यस्थित राजधानी राँचीमा एक राष्ट्रिय खेलका क्रममा सत्तारुढ भारतीय जनता पार्टीका सांसदले खेलाडीमाथि हातपात गरेका छन् ।भारतको उत्तर प्रदेशस्थित कैसरगंजबाट प्रतिनिधित्व गर्ने सांसद बृजभूषण शरण सिंहले युवा पहलवान खेलाडीमाथि मञ्चमै जाइलागेर दुई झापड हानेका हुन् । सत्तारुढ सांसदले थप्पड प्रहार गरेको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ । खेलाडीमाथि दुर्व्यवहार गरेको भन्दै सांसद सिंहका साथै भाजपाको पनि आलोचना भइरहेको छ ।राँचीमा यू १५ राष्ट्रिय कुश्ती च्याम्पियनसिप खेलका क्रममा यो घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कार्यक्रममा सिंह प्रमुख अतिथि थिए । ६ पटक लोकसभामा सांसद रहेका सिंह भारतीय कुश्ती महासंघका अध्यक्ष पनि हुन् ।प्रतियोगितामा भाग लिन नपाएका पहलवानले कुश्ती महासंघका अध्यक्ष सिंहसँग खेल्न पाउन गुहार माग्दा झापड भेटेका हुन् । आयोजकले उनको उमेर बढी भएको भन्दै खेल्न अनुमति दिएको थिएन । उनी खेल्नका लागि पहल गरिदिन अनुरोध गर्दै सांसद सिंह कहाँ पुगेका थिए । तर सिंहले मञ्चबाटै झापड हानेर लखेटेका थिए ।यो दृश्य क्यामेरामा कैद भएपछि अहिले भारतभर भाइरल भइरहेको छ । अन्य खेलाडी यो घटनाको विरोध गरेका छन् । विपक्षी पार्टीले पनि भाजपाको खेल नीति भन्दै भिडियो शेयर गरेर आलोचना गरिरहेका छन् । एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला