गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फिलिपिन्समा सुपर टाइफुनकारण हजारौं घरबारविहिन फिलिपिन्समा सुपर टाइफुनकारण हजारौं घरबारविहिन दीप संञ्चार पुस १, २०७८ गते १९:०३ मा प्रकाशित काठमाडौँ फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ आएपछि बिहीबार हजारौं मानिसहरु आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका छन् ।आँधी आएको यस अवस्थामा ११५ प्रति घण्टाको अधिकतम निरन्तर हावा चलेको थियो । हावाको गति १९५ किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने चेतावनी दिइएको छ । हावाको यस गतिमा आएमा यसवर्षको सब भन्दा शक्तिशाली आँधी हुने एजेन्सीले जनाकारी दिएको छ ।प्रशान्त महासागरमा आएको यस आँधीका कारण ४५ हजार भन्दा बढी धेरै मानिसले आफ्नो आश्रयस्थल खोजी गरेको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ । शनिबारसम्म साउथ चाइना सागर माथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, र मिन्डानाओ र पलावान टापुहरू पार गर्दा थोरै कमजोर हुने अपेक्षा गरिएको छ ।प्रत्येक वर्ष फिलिपिन्स औसत २० ओटा आँधीबेहरी र टाइफुनहरूबाट प्रभावित पारेको पाइन्छ । यसले सामान्यतया पहिले नै गरिब क्षेत्रहरुमा रहेका पसल, घरहरू र पूर्वाधारहरू नष्ट गर्ने गरेका छन् ।- एएफपीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट