दाङ्ग देउखुरी सेवा समाज कतार द्वारा दङ्गाली कलाकार र व्यवसायी सम्मानित
दोहा, दाङ देउखुरी सेवा समाजले दङ्गाली कलाकार एवं व्यसायीलाई सम्मान गरेको छ । कला र संगीतको माध्यमबाट समाजलाई पुर्याएको उल्लेखनिय योगदानलाई उच्च मुल्यांकन गर्दै स्टार अफ किङ्ग कतारद्वारा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका कलाकारहरुलाई दाङ देउखुरी सेवा समाजले पनि सम्मान तथा प्रमाण पत्र वितरण गरेको हो ।
अन्तर्राष्ट्रिय सम्मानका लागि कतार आएका कलाकार र व्यवसायीलाई समुन्द्री वीचमा सन्ध्याकालिन ‘डुङ्गा सयर‘ गराउँदै औपचारीक कार्यक्रमका वीच सम्मान गरेको थियो । समाजका अध्यक्ष हेमराज बस्नेतको सभापतित्व एवं संस्थाकै प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष वसन्तराज पुरीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा ग्लामर विधामा विद्यावारिधि गरेका प्रसिद्द गितकार डाक्टर डि. आर.उपाध्यायलाई पनि सम्मान र प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा चर्चित गितकार एवं वरिष्ठ पत्रकार लोकराज अधिकारी, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, चर्चित गितकार एवं संगीतकार करण न्यौपाने, चर्चित लोक गायक नेत्र भण्डारी, चर्चित गायक विक्रम राना र यूवा व्यवसायी तथा पत्रकार कविन भण्डारीलाई सम्मान गरिएको थियो ।
समाजका प्रथम उपाध्यक्ष छविलाल बुढाथोकिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अथिति पुरीले कलाकार परिवर्तनका संवाहक रहेको बताउदै देश र परिस्थिति अनुसार समाजलाई सकारात्मक दिशामा उन्मुख गराउने अभिभारा पनि कलाकारको नै भएको बताए ।
कार्यक्रममा बोल्दै सम्मानित बरिष्ठ कलाकारहरुले समुन्द्रि छालको वीचमा रमणिय दृश्यसंगै पाएको पृथक सम्मान, केवल सम्मान मात्र नभई देश प्रतिको दायीत्वबोध गराइएको बताए ।
त्यस्तै यूवा व्यवसायी भण्डारीले दक्ष जनशक्ति सबै बाहिरी मुलुकमा पलाएन भएकोमा दु:ख व्यक्त गर्दै भने “मैले देशलाई बुझाउने वार्षिक आय कर बाहेक मासिक २ करोड रुपैयाँ भन्दा धेरै रक़म त कर स्वरुप भन्सारलाई मात्र तिर्ने गरेको छु तर राज्यले न मेरो उद्योगको सुरक्षा दिन सकेको छ न मेरो परिवारको।” भण्डारीले प्रतिप्रश्न गर्दै भने “अबमैले न सुरक्षा पाउछु, न दक्ष जनशक्ति भने कसरी उद्योगलाई फस्टाउन सक्छु ?”
त्यस्तै कार्यक्रमका अथिति तथा दीप सञ्चारका प्रधान सम्पादक एवं यूवा व्यवसायी दीपजंग शाहले राज्यले आफुहरुलाई बाह्य लगानी प्रति निरुत्साहित गरेको र सम्बन्धित देश कतार र आफ्नो बलबुताले भ्याए सम्मको गर्न सकेको बताउदै सञ्चार, कला र विकास एउटै बसका यात्री भएको बताए ।
समाजका महासचिव मिनराज पुनले सहजिकरण गरेको कार्यक्रमको सभा विसर्जन गर्दै अध्यक्ष बस्नेतले कलाकार देशका गहाना भएको प्रस्टाउदै दाङ्गले धेरै कलाकार जन्माएको प्रति खुसि व्यक्त गरे ।
क्याटेगोरी : ग्लोबल, गल्फ
ताजा अपडेट
- नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
तपाईको प्रतिक्रिया दिनुहोस