गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ताइवानसँग सम्बन्ध तोडेको ३ दिनपछि निकारागुआले पायो २ लाख डोज खोप ताइवानसँग सम्बन्ध तोडेको ३ दिनपछि निकारागुआले पायो २ लाख डोज खोप दीप संञ्चार मंसीर २७, २०७८ गते १९:१९ मा प्रकाशित काठमाडौँ ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेपछि निकारागुवाले चीनबाट २ लाख डोज कोभिड खोप पाएको छ । सिनोफार्म खोपको २ लाख डोज बोकेर एयर चाइनको एउटा विमान निकारागुआाको राजधानी सहर मनगुवा उत्रिएको छ ।‘हामीले चीनबाट सहयोगस्वरुप २ लाख डोज खोप ल्याएका छौ,’ निकारागुवाका राष्ट्रपतिका छोरा लाउरेनो ओर्टेगाले भने । बेइजिङसँग सम्बन्ध पुर्नस्थापना भएकोमा आफूहरुलाई खुसी लागेको निकारागुआका अधिकारीहरुले बताएका छन् ।अहिले निकारागुआका जम्मा ३८ प्रतिशत मानिसहरु पूर्ण खोप लगाएका छन् । त्यस्तै, ६७ प्रतिशतले एउटा डोज मात्र खोप लगाएका छन् ।निकारागुवाले तीन दिनअघि ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । निकारागुआ ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो।निकारागुआको कदमलाई चीनले स्वागत गरेको थियो। आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ।अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरुलाई आह्वान गरिरहेका बेला निकारागुआको पछिल्लो घोषणा आएको हो।ताइवानलाई बेइजिङले आफूबाट टुक्रिएर रहेको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ। तर, ताइवानले भने आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक देशको रुपमा व्यवहार गर्दै आएको छ।सन् २०१६ मा राष्ट्रपति साइ इङ वेन राष्ट्रपति बनेपछि छिमेकी देशहरुले एकपछि अर्को गरी कूटनीतिक सम्बन्ध तोड्दै आएका छन्।एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप