गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए निर्वाचन प्रमुखको राजिनामासंगै समिति बिघटन, निर्वाचन कम्तिमा ४ महिना नहुने एनआरएनए निर्वाचन प्रमुखको राजिनामासंगै समिति बिघटन, निर्वाचन कम्तिमा ४ महिना नहुने दीप संञ्चार मंसीर २५, २०७८ गते १:५३ मा प्रकाशित अमेरिका – गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन र निर्वाचन समयमा हुन नसकेपछि निर्वाचन समिति स्वतह बिघटन हुने ठहर गर्दै निर्वाचन समितिका प्रमुख सहितले राजिनामा दिएपछि समिति नै बिघटन भएको छ।निर्वाचन समितिका प्रमुख तथा नेपाल बार एशोसियशनका महासचिव समेत रहेका लिलामणी पौडेलले उद्येश्य अनुरुप समयमा निर्वाचन हुन नसकेपछि निर्वाचन समिति पनि स्वतह विघटन हुने ठहर गर्दै राजिनामा दिएका हुन्। निर्वाचन समिति भनेर बनाएको समितिको काम निर्वाचन गराउने हो। यस्तो समिति निर्वाचन सम्पन्न भएपछि र निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न नसक्दाको या नभएको दुवै अवस्थामा स्वतह हैसियत समाप्त हुन्छ।७ सदस्य निर्वाचन समितिमा समितिका सदस्य चिरन्जीवी ढकालले यस पहिला नै राजिनामा दिएका थिए। अहिले उनका साथमा गणेश गुरुङ, डा. देवकाजी डंगोलले पनि राजिनामा दिएका छन्। अब बाँकी रहेका रामप्रताप थापा, भुषण घिमिरे र विष्णुमाया परियार छन्। उसै पनि यो समिति स्वतह बिघटन भएकाले इज्जतका लागि पनि उनीहरुले राजिनामा दिनेछन। अन्यथा उनीहरुको इज्जतको औपचारिकता रहँदैन।गैरआवासीय नेपाली संघको चालु विधान अनुसार निर्वाचनको मिति भन्दा ९० दिन पहिला नै निर्वाचन समिति बनाउनुपर्ने भएकाले अब कम्तिमा पनि ३/४ महिना संघको निर्वाचन नहुने भएको छ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल