गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए विवाद समाधान गरेर मात्र दशौं महाधिवेशन गराउन केन्द्रीय सल्लाहकारहरुको सुझाव एनआरएनए विवाद समाधान गरेर मात्र दशौं महाधिवेशन गराउन केन्द्रीय सल्लाहकारहरुको सुझाव दीप संञ्चार मंसीर २३, २०७८ गते १७:५९ मा प्रकाशित काठमाडौं (जीएनएन) — गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय सल्लाहकारहरुले संघभित्रको जारी विवाद समाधान गरेर मात्र दशौं महाधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।हाल काठमाडौँमा जम्मा भएका लगायत सात जना सल्लाहकारहरुले दशौँ महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडि बढाउन जोड दिएका हुन् ।गैरआवासीय नेपाली संघ आइसीसी सल्लाहकारहरू विश्व आदर्श पण्डित, कुल आचार्य, जमुना घले, यम कुमार गुरुङ (त्रिलोक), सोम सापकोटा, एसी शेर्पा र हरिबोल भण्डारीले निर्वाचनको शुद्धता र विश्वसनीयता कायम गर्नका लागि संघको विधान विपरित मतदाता नामावलीमा राखिएका विद्यार्थी र पर्यटक भिसामा रहेका व्यक्तिहरुलाई सो सूचीबाट हटाउनुका साथै सम्बन्धित एनसीसीहरुको साधारण सभापछि थप गरिएका सबै सदस्यहरुको नाम मतदाता सूचीबाट हटाउन सुझाव दिएका छन् ।‘दशौं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र निर्वाचनको प्रक्रिया अगाडी बढाउनु पर्छ भन्ने तथ्यप्रति फेरि जोड दिन चाहन्छौं। अन्यथा संस्थाको स्थापनादेखि नै योगदान पुराउंदै आएका साथीहरुलाई समावेश नगरी गराइने कथित चुनावले संस्थालाई विभाजन र विघटनको बाटोतर्फ डो-याउने हाम्रो ठहर छ । त्यसैले डेलिगेट्स छनोट सम्बन्धी विवाद समाधान गरेर मात्र आम सहमतिको आधारमा निर्वाचनको कार्यक्रम अगाडी बढाउन हामी सुझाव दिन चाहन्छौं,’ सल्लाहकारहरुले भनेका छन् ।उनीहरुले नेपाल सरकार, प्रमुख राजनीतिक दलहरु तथा सम्वद्ध पदाधिकारीहरु विरुद्ध सार्वजनिक टिकाटिप्पणी गर्दा त्यसले संस्थाको गरिमा घटाउनुका साथै संस्थाको अहित गर्ने भएकाले संघको कुनै पनि जिम्मेवार पदाधिकारीले त्यस्तो गतिविधि नगर्न पनि अनुरोध गरेका छन् । संघले एकलौटी रुपमा विवाद समाधान नगरी निर्वाचन समितिमार्फत मतदाता नामावली प्रकाशित गरेपछि एनआरएनएभित्र विवाद थप पेचिलो बन्दै गएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप