गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको आठ पदमा ३३ आकांक्षी कांग्रेस महाधिवेशनः सहमहामन्त्रीको आठ पदमा ३३ आकांक्षी दीप संञ्चार मंसीर २३, २०७८ गते ७:१८ मा प्रकाशित काठमाडौँ नेपाली कांग्रेसको १४औं महाधिवेशनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय कार्यसमिति निर्वाचनमार्फत चयन गर्दै छ । विधानअनुसार कुल १ सय ६७ सदस्यीय केन्द्रीय समिति हुने भए पनि बाँकी भने मनोनीत हुने व्यवस्था विधानमा छ ।कांग्रेसको यो महाधिवेशनलाई संघीय संरचनाअनुसारको नेतृत्व चयनका हिसाबबाट पनि महत्वपूर्ण रूपमा हेरिएको छ । कांग्रेस विधानमा एक निर्वाचित सभापति, दुई जना निर्वाचित उपसभापति, सोही संख्यामा निर्वाचित महामन्त्री र संविधानले व्यवस्था गरेको क्लस्टरअनुसार आठ जना सहमहामन्त्री निर्वाचनमार्फत पदाधिकारीमा चयन हुनेछन् ।कांग्रेस विधानअनुसार सभापति बन्न कम्तीमा १५ वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको र केन्द्रीय महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ । यस्तै, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि १० वर्ष निरन्तर क्रियाशील सदस्य रहेको र महाधिवेशन प्रतिनिधि भएको हुनुपर्छ ।कांग्रेस विधानमा भएको व्यवस्थाअनुसार अब बन्ने केन्द्रीय समितिमा सहमहामन्त्री आठ जना हुनेछन् । महिला महाधिवेशन प्रतिनिधिमध्येबाट एक, आदिवासी जनजाति महाधिवेशन प्रतिनिधिमध्येबाट एक, दलितबाट एक, मधेसीबाट एक, खसआर्यबाट एक, थारुबाट एक, मुस्लिमबाट एक र पिछडिएको क्षेत्रबाट एक जना गरी कांग्रेस केन्द्रीय समितिमा आठ जना सहमहामन्त्रीको व्यवस्था विधानमा छ ।संविधानले तोकेका यी विभिन्न क्लस्टरअनुसार कांग्रेस सहमहामन्त्रीका लागि अहिलेसम्म ३३ जनाले आकांक्षा देखाएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट