गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ हेलिकप्टर दुर्घटनामा भारतीय पूर्वसेना प्रमुख विपिन रावत दम्पत्तिको मृत्यु भएको पुष्टि हेलिकप्टर दुर्घटनामा भारतीय पूर्वसेना प्रमुख विपिन रावत दम्पत्तिको मृत्यु भएको पुष्टि दीप संञ्चार मंसीर २२, २०७८ गते २१:४६ मा प्रकाशित काठमाडौँ भारतीय पूर्वसेना प्रमुख विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।बुधबार दिउँसो भारतीय सेनाको आईएएफ एमआई १७ भी ५ हेलिकप्टर तामिलनाडु राज्यको कुन्नर भन्ने ठाउँमा दुर्घटना हुँदा पूर्वसेना प्रमुख रावत र उनकी पत्नि मधलिका रावतसहित १३ जनाको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको हो ।भारतीय सञ्चामाध्यमका अनुसार हेलिकप्टरमा रावतसहित उनकी पत्नि र वरिष्ठ सैन्य अधिकारीहरु गरी १४ जना सवार थिए । हेलिकप्टर सुलुर एयरबेसबाट वेलिंगटन जाँदै थियो। हेलिकप्टर १२ बजेर २० मिनेटमा अवतरण स्थलबाट मात्र १० किलोमिटर पर हुँदा दुर्घटना भएको थियो। अहिले घटनास्थलमा चिकित्सक, सेनाका अधिकृत र कोब्रा कमाण्डोको टोली छ ।८५ प्रतिशत जलेकाले फेला परेका शवको पहिचान गर्ने प्रयास भइरहेको छ । उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिने समाचारमा जनाइएको छ।रावत देशको पहिलो चीफ अफ डिफेन्स स्टाफ हुन्। रावतले ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुखको रूपमा सेवा गरेका थिए । उनले १ जनवरी २०२० मा चीफ अफ डिफेन्स स्टाफको पदभार ग्रहण गरेका थिए।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनरल रावतको निधनमा दुस्ख व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, “तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनालाई लिएर मलाई निकै दुस्ख लागेको छ। त्यसमा हामीले जेनरल विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौँ। उनीहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थिए। दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु।” क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न