गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ एनआरएनएसँगको मुद्धामा हार्यो सरकार , निर्वाचनका लागि कानुनी बाटो खुला एनआरएनएसँगको मुद्धामा हार्यो सरकार , निर्वाचनका लागि कानुनी बाटो खुला दीप संञ्चार मंसीर २०, २०७८ गते ७:४४ मा प्रकाशित काठमाडौँगैरआवासीय नेपाली संघ (एनआरएनए) लाई परराष्ट्र मन्त्रालयको पत्र कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। यससँगै संघको १०औं महाधिवेशन र निर्वाचन प्रक्रियाअघि बढाउन कानुनी बाटो खुलेको छ।न्यायाधीशद्वय श्रीमणकुमार गौतम र नरिश्वर भण्डारीको इजलासले यस्तो आदेश दिएको हो। परराष्ट्र मन्त्रालयका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र सुशील पन्तले बहस गरेका थिए।संघका अध्यक्ष कुमार पन्तले अब १०औं महाधिवेशन र निर्वाचन सहज भएको प्रतिक्रिया दिएका छन्। परराष्ट्रले संघलाई पत्र लेख्दै विवाद समाधान गरी महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएको थियो।असोज २२ र मंसिर ३ गते पठाएको पत्रमा पन्त नेतृत्वको कार्यसमितिको कार्यकाल १८ अक्टोबर २०२१ मै पूरा भइसकेको उल्लेख छ। महासचिव डा। हेमराज शर्माले सबैको आत्मसम्मान हुने गरी निर्वाचनको वातावरण तयार गर्न आग्रह गरेका छन्। शर्माले कानुनी सर्वोच्चतालाई स्वीकार गर्न आह्वान गरेका हुन्।अदालतको आदेशपछि पूर्वनिर्धारित समयमा निर्वाचन हुने बाटो खुलेको उनले बताए। ‘अदालतको आदेशलाई कसैको जित र हारका रूपमा नलिई संघभित्रका समस्याको समाधान खोज्न पुनः प्रयत्न गर्नुपर्छ,’ उनले भने। अन्नपूर्ण पोष्टबाट साभारक्याटेगोरी : पत्रपत्रिकाट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप