गृहपृष्ठ ∕ ग्लोबल ∕ कतारद्वारा नेपाल सरकारलाई ५० वटा भेन्टिलेटर हस्तान्तरण कतारद्वारा नेपाल सरकारलाई ५० वटा भेन्टिलेटर हस्तान्तरण दीप संञ्चार मंसीर १८, २०७८ गते ०:५३ मा प्रकाशित दोहा – कतार सरकारले कोरोना महामारीसंग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउंनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटर सहितको स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझि मार्फत सोमवार एक कार्यक्रममा नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो ।स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल(मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाई आवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउंदै आगामि दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताउंनुभयो ।स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझिले कतार सरकारलाई धन्यवाद दिदैं भन्नुभयो, ‘’कतार सरकारले आवश्यक परेको समयमा संधै नेपाललाई सहयोग गरेको छ । कोरोना महामारीसंग जुध्न शुरूवातदेखि नै कतार सरकारले गरेको सहयोगले नेपाललाई महामारीसंग लड्न हिम्मत मिलेको छ ।‘’ डाक्टर रायमाझिले कतार सरकारले महामारीको समयमा नेपालीको उपचारका लागि दिएका सबै भेन्टिलेटरहरूलाई अति आवश्यक देखिएका सरकारी अस्पतालहरूमा उपलब्ध गराउंने बताउंनुभयो ।कोरोना महामारी शुरू भएपछि नै कतार सरकारले नेपाल सरकारलाई चार्टड फ्लाइट मार्फत स्वास्थ्य सामग्री पठाएको थियो भने कोभ्याक्स कार्यक्रम मार्फत कोरोनाविरूद्दको खोप उपलब्ध गराएको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #corona, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षरप्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारीप्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरुतमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने