गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ प्रचण्डले उठाए न्यायपालिकालाई गुन तिर्ने कुरा प्रचण्डले उठाए न्यायपालिकालाई गुन तिर्ने कुरा दीप संञ्चार मंसीर १७, २०७८ गते ७:१९ मा प्रकाशित काठमाडौँनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा बुधबार भनेको एउटा भनाइ चर्चामा छ। उनले भनेका थिए, ‘न्यायपालिकाले लगाएको गुन कार्यपालिकाले तिर्नेछ, हामीले बिर्सियौं कि भन्ने नठानियोस्।’सत्ता गठबन्धन दल नेकपा माओवादीका अध्यक्ष दाहालको यो भनाइले गत २८ असारको फैसलालाई संकेत गरेको बारका पदाधिकारी बताउँछन्। उक्त समय सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सो समय सर्वोच्चले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय पनि बदर गरेको थियो। उक्त समय बारका पदाधिकारीले पनि सेटिङमा भएको निर्णय भनेका थिए भने सर्वोच्चमा सेटिङ भएको भन्दै देशभर आन्दोलन र बिरोध पनि भए। अहिले दाहाल स्वयम्ले यो कुराको रहस्य फुत्काएका छन्।नेपाल बार एसोसिएसनका कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल दाहालको यस्तो प्रतिक्रियाले उक्त फैसला सेटिङको आधारमा भएको भन्ने कुराको पुष्टि गर्ने बताउँछन्। ‘त्यो फैसला पाँच जना न्यायाधीशको महागठबन्धनबाट भएको पुष्टि भयो, यो कुरा मैले पहिल्यै भनेको थिए, बुधबार दाहालको भनाइले थप पुष्टि भयो,’ उनले भने। अहिले न्यायालयमा देखिएको समस्या समाधानमा सरकारले हात हाल्ने र त्यसको छिनोफानो गरेर गुन तिर्ने दाहालको बोलीमा भेटिएको अधिवक्ता पोखरेल बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट सुन तस्करीमा फरार आरोपीको होटलमा छापा मारेर ३ जना अवैध हुन्डी कारोबारी पक्राउ एनआरएनए अभियन्ता डीबी क्षेत्री माओवादीको केन्द्रीय सदस्यमा मनोनीत,शर्मा एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्ज अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु