गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युरोपभर फेरि बढ्यो कोभिड संक्रमण युरोपभर फेरि बढ्यो कोभिड संक्रमण दीप संञ्चार मंसीर ५, २०७८ गते १९:०४ मा प्रकाशित काठमाडौँयुरोपेली देशहरूमा फेरि कोभिड संक्रमणमा तीब्र बृद्धि भएको छ । बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरुमा कोभिड संक्रमण फेरि बढेको हो । कोभिड बढेसँगै ती देशहरुमा पुनः लकडाउनदेखि नियन्त्रणका अन्य प्रतिबन्धात्मक कदमहरु चालिएका छन् ।पछिल्लो साता जर्मनीमा कोभिड संक्रमण तीब्र बढेको छ । जर्मनीमा बिहीवार ६५ हजार नयाँ संक्रमित भेटिएका थिए । यो संक्रमण दर महामारी सुरु भएयताकै सबैभन्दा ठूलो हो । पछिल्लो संक्रमणलाई त्यहाँका स्वास्थ्यमन्त्री वाई स्पानले ‘राष्ट्रिय आपतकाल’ भनेका छन् ।कोभिड संक्रमण बढेपछि अस्ट्रियाले अन्तिम अस्त्रस्वरुप देशव्यापी लकडाउन घोषणा गरेको छ । यो लकडाउन तीन सातासम्म रहने सरकारले जनाएको छ । अस्ट्रियाका स्वास्थ्यमन्त्रीले लकडाउनलाई अन्तिम अस्त्र भनेका छन् ।त्यस्तै, सरकारले सन् २०२२ देखि कोभिड खोपलाई अनिवार्य गर्ने कानुनी व्यवस्था ल्याएको छ । अस्ट्रियाको ठूलो जनसंख्याले अझै खोप नलगाएकोले सरकारले कानुनी व्यवस्था ल्याएको हो ।अस्ट्रियामा अहिले औषतमा दैनिक १ हजार संक्रमित भेटिएका छन् । त्यस्तै, बेलायत र नेदरल्याड्समा पनि संक्रमण नियन्त्रण गर्ने नयाँ कदम चालिएका छन् । खोप नलगाउनेलाई भिड हुने क्षेत्रमा प्रतिबन्ध लगाएपछि शनिबार नेदरल्यान्ड्समा खोपविरोधी प्रदर्शन भएका थिए । प्रदर्शनमा गोली चलाउँदा तीन जना घाइते भएका छन् । -एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप