गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङ कांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने दाङ कांग्रेसले वडास्तरीय प्रशिक्षण गर्ने प्रिया स्मृती गजमेर साउन २३, २०७६ गते २१:०८ मा प्रकाशित दाङ, नेपाली काङ्ग्रेस दाङ्ग क्षेत्र नम्बर एकको कार्य समिति बैठक आज बिहिबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापती भेषराज पाण्डेको सभापतित्व तथा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य शिला शर्मा खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैठकले महत्वपूर्ण निर्णयहरु पारित गरेको छ ।आज सम्पन्न भएको बैठकले क्षेत्र नम्बर एक भित्रका सबै वडामा वडा स्तरीय प्रशिक्षण गर्ने, आगामी भदौ आठ गते बिहान एघार बजे गढवा गाउपालिकाको सिपि हलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने र मुआब्जा वितरणमा विभेद भएको प्रति आपत्ति जनाउदै आन्दोलन गर्दै आईरहेका लमही नगर पालिका वडा नम्बर चार सेम्रहवाका स्थानीयको आन्दोलनमा एक्क्यबद्दता जनाउने निर्णय गरेको सभापती भेषराज पाण्डेले जानकारी दिएका छन् ।आज केन्द्रिय सदस्य शिला शर्माको उपस्थितिमा सम्पन्न भएको कार्यसमिति बैठकले सेम्रहवाका स्थानीयले उठाएको माग जाहेज भएको ठहर गर्दै समयमै उनीहरुको मागलाई सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । त्यस्तै बैठकले गढवा गाउपालिका वडा नम्बर एक निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य प्रेम बहादुर थापा र वडा नम्बर पाच निवासी नेपाली कांग्रेसका क्रियासिल सदस्य तथा ईकाई सल्लाहकार बिष्णु भण्डारीको निधनप्रति दुख ब्यक्त गर्दै समबेदना व्यक्त गर्ने निर्णय गरेको छ ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिला शर्मा खड्का, पूर्व सांसद योगेन्द्र चौधरी,महासमिति सदस्य जानकी लाल बस्नेत, अनुराग यादब, महाधिबेशन प्रतिनिधि रेशम बहादुर खड्का, महिला नेत्री शकुन्तला डिसी लगायतको सहभागिता रहेको थियो ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप