२ पिल्लरमा अडिएको विश्वकै सानो देश, जहाँ बस्छन् २७ जना मानिसहरु
काठमाडौँ
दुई पिल्लरमा अडिएको एक यस्तो देश जहाँ २७ जना मात्र बसोबास गर्छन। इंगल्याण्डको साफोल्स समुन्द्री तटबाट १० किलोमिटर टाढा रहेको सील्याण्ड माइक्रो नेसनका नामले पनि चिनिन्छ । सुन्दा अच्चम्म लाग्छ तर यो सत्य हो।
मात्र शून्य दशमलव शून्य शून्य एक वर्ग किलोमिटर क्षेत्रफल भएको सील्याण्ड युरोपको बिकसित देश बेलायतको नजिकै रहेको छ । यसले आफूलाई विश्वकै सबैभन्दा सानो देशका रुपमा दाबी गर्दछ ।यस देशका राष्ट्रपति, प्रधानमन्त्री वा मालिक जो भनेपनि रोय बेट्स नामक एक व्यक्ति थिए । उनको मृ’त्यु पश्चात् त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् । यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । यद्यपि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता भने दिइएको छैन ।
आफ्नै कुनै जीविकोपार्जनको साधन नभएता पनि यस देशको आफ्नै मु्द्रा र स्ट्याम्प टिकट छ । खासमा यस देशमा थुप्रै विदेशी आर्थिक सहयोग आउने गरेको छ । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वको सबैभन्दा सानो देश भने भ्याटिकन सिटी हो । एजेन्सीको सहयोगमा
क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस