गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने दाङको टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने प्रिया स्मृती गजमेर साउन २१, २०७६ गते १९:१८ मा प्रकाशित दाङ– दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो ।एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण सङ्ख्या बढाउन लागिएको उनको भनाइ छ । ‘यात्रुहरुको चाप निकै हुन थाल्यो, टिकट धेरै माग हुन थाल्यो’, उनले भने, ‘त्यसैले हामीले हवाई उडानलाई थप गर्न लागेका हौँ ।’लामोसमयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित बनाइएको हो । कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको उक्त विमानस्थल अहिले भने दैनिक दुई वटा उडान हुने भएका हुन् ।विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अवस्थामा पुगेको निर्माण व्यवसायीका प्रमुख सुरेश आचार्यले बताए । ६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरिगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो ।२०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । गएको वर्ष कात्तिकदेखि उक्त विमानस्थलमा दैनिक सेवा दिन थालिएको हो ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ७साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत सरकारबाट बाहिरिए उपेन्द्र यादव घट्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ? सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन कांग्रेस संसदीय दलको बैठक आज नबस्ने संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला