गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ दाङको टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने दाङको टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने प्रिया स्मृती गजमेर साउन २१, २०७६ गते १९:१८ मा प्रकाशित दाङ– दाङ तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान भर्ने भएको छ । यसअघि एउटा जहाजले मात्रै उडान भर्दै आएको उक्त विमानस्थलमा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान भर्ने भएको हो ।एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार भोलि साउन २२ गते बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाडौँका लागि नियमित दुई वटा विमानले अवतरण गर्ने भएका छन् । यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण सङ्ख्या बढाउन लागिएको उनको भनाइ छ । ‘यात्रुहरुको चाप निकै हुन थाल्यो, टिकट धेरै माग हुन थाल्यो’, उनले भने, ‘त्यसैले हामीले हवाई उडानलाई थप गर्न लागेका हौँ ।’लामोसमयदेखि बन्द रहेको उक्त विमानस्थललाई तुलसीपुर उपमहानगरपालिकाको पहलमा गएको वर्षदेखि नियमित बनाइएको हो । कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको उक्त विमानस्थल अहिले भने दैनिक दुई वटा उडान हुने भएका हुन् ।विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अवस्थामा पुगेको निर्माण व्यवसायीका प्रमुख सुरेश आचार्यले बताए । ६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरिगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो ।२०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । गएको वर्ष कात्तिकदेखि उक्त विमानस्थलमा दैनिक सेवा दिन थालिएको हो ।क्याटेगोरी : प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल