गृहपृष्ठ ∕ ग्लोबल ∕ रहेनन् पत्रकार तथा समाजसेवी किसन राई रहेनन् पत्रकार तथा समाजसेवी किसन राई दीप संञ्चार कात्तिक ८, २०७८ गते २२:३२ मा प्रकाशित हङकङ – नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष किसन राईको नेपालमा यात्राको क्रममा निधन भएको छ । केही हप्ताअघि नेपाल भ्रमणमा गएका राईको गत अक्टोबर २४ साँझ ओखलढुङ्गाबाट भोजपूर जाने क्रममा निधन भएको हो ।“शुक्रवार हामी अन्तर्राष्ट्रिय महासंघको महाधिवेशन सम्पन्न गरेपछि भोलीपल्टैै पुर्व लाग्यौं । बाटोमा अचानक दिसा गर्न भनी गाडीबाट ओर्लनु भयो । अपरिचित स्थान, साँझ परिसकेको थियो । २०–२५ मिनेट पर्खँदा पनि उहाँ फर्किनु भएन । सबै भएर खोजी गर्दा छेउमा त अत्यन्तै लामो भीर रहेछ”, साथमा संगै यात्रा गरिरहेका मित्र मान बहादुर राना मगरले बताए ।अढाई दशक यतादेखि हङकङमा पेशागत नेपाली पत्रकारिता गरिरहेका किसन राई नेपाल र प्रवास दुवैतिर पत्रकारिताका एक प्रतिक थिए । आफैले एभरेष्ट खबर छापामा स्थापना गरी पछि अनलाइन समेत सञ्चालन गरिरहेका राई हङकङ सरकार र नेपाल सरकार दुवैबाट बिभुषित भइसकेका छन् । समाजसेवा र पत्रकारिताका लागि उनलाई केही महिनाअघि मात्रै नेपाल सरकारले जनसेवाश्री पदकबाट बिभुषित गरेको थियो ।हङकङमा लामो समाजसेवा र पत्रकारिताका लागि स्व. किसन राईलाई त्यहाँको सरकारले ‘कोमेण्डेसन अफ दि चिफ एक्जिक्युटिभ’ सम्मानबाट बिभुषित गरेको थियोपुर्ख्यौली घर खोटाङ र पछिबाट धरान बसोवास गर्दै आएका राई विद्यार्थी कालदेखि वाम राजनीतिमा होमएका थिए । उनी पछि संघीय समाजवादी पार्टी हुँदै वर्तमानमा जनता समाजवादी पार्टीका सकृय कार्यकर्ता रहिआएका थिए ।एनआरएनए हङकङको कार्यकाल २०१९–२१ का लागि महासचिव गरेका ५२ बर्षीय स्व. राईको श्रीमती र २४ र १७ बर्षीय दुई छोराहरु छन् ।उनको निधनबाट नेपाली डायस्पोरा पत्रकारितालाई अपुरणीय क्षति भएको छ भने हङकङका नेपालीहरुले एक सम्मानीय नेता र एक सच्चा मित्र गुमाएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप