गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको वर्षा एनआरएनए आइसीसी सदस्यहरुको सपथ-पदभार ग्रहणका लागि प्रमुख संरक्षकमा निवेदनको वर्षा दीप संञ्चार कात्तिक ८, २०७८ गते ६:५६ मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को २०२१-२०२३ कार्यकालको लागि सदस्यमा निर्वाचितहरुले आफूहरुलाइ सपथ ग्रहण गराएर पदभार नदिएको प्रति आपत्ति गर्दै प्रमुक्ष संरक्षक सम्पक्ष जाने कुरा गत २३ अक्टुवर २०२१ मा एउटा समाचार प्रकाशित गरिएको थियो।समाचार पढेर आफूहरुले आफ्नै अधिकारबारे बोल्न नसकेकोमा दुखी हुँदै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा निर्वाचितहरुले आफूहरुलाइ सपथ ग्रहण र पदभार ग्रहणका लागि प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घले समक्ष निवेदन गर्न थालेका छन्। संघको सचिवालयका प्रमुख कार्यकारी निर्देशक राजेश शम्शेर राणा मार्फत पठाइएका निवेदनहरु २ दर्जन पुग्न लागेको बताइएको छ।निर्वाचनमा कुनै पनि उम्मेदवारहरुलाइ सघाउनु स्वभाविक कुरा हो। तर त्यसैलाई एक किसिमले मानिलिएर आफ्नो अधिकार र जिम्मेवारी अरुले गुम्ह्राहमा राख्दा पनि नबोल्नु आफ्नै जिम्मेवारीप्रति आफैं असक्षम भएको अवस्था हो। त्यसैले पनि परिषद सदस्य निर्वाचितहरुबाट आत्मग्लानी स्वरूप यस्तो निवेदन पर्न थालेको हो।गैरआवासीय नेपाली संघ राजनैतिक पार्टी होइन र यहाँ गुटको भन्दा पनि बिधानको कुरा प्रधान हुनुपर्छ र विस्तारै हुँदैछ। त्यसैले २०२१ मा संघको अन्तराष्ट्रिय परिषद सदस्य अर्थात केन्द्रिय सदस्यमा निर्वाचितहरुले आफूहरुलाई सपथ ग्रहण तथा पदभार ग्रहणको लागि अनुरोध गरेका हुन्। परंपरा अनुसार सो जिम्मेवारी निर्वाचन कमिटीले निर्वाचन सम्पन्न भएपछि गराउने गर्दथ्यो।तोकिएको समयमा निर्वाचन सम्पन्न भएन। बिधानत अक्टुवर १७, २०२१ को मध्येरात देखि संघको नेतृत्वको २०१९-२०२१ को अबधि समाप्त भयो। सोहि कामका लागि बनाइएको निर्वाचन कमिटी पनि सोहि समय देखि स्वतह बिघटन भएको अवस्था हो। त्यसैले यस्तो निवेदन एक मात्र जीवित निकाय संरक्षक परिषदमा परेको हो।अब संरक्षक परिषदको बैठक बसेर संघको गतिरोध अन्त गर्नको लागि निर्वाचित परिषद सदस्यहरुको सपथ तथा पदभार ग्रहण गराउने कुरा संघका अग्रज, २०१९-२०२१ कार्यकालका पदाधिकारी लगायतले बताएका छन्।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप