गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उपहारमा पाएको घडी बेचेपछि हंगामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उपहारमा पाएको घडी बेचेपछि हंगामा दीप संञ्चार कात्तिक ४, २०७८ गते २०:४७ मा प्रकाशित काठमाडौँ –पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विदेशबाट पाएको उपहार बेचेको घटना सार्वजनिक भएपछि हंगामा भएको छ ।खाडी मुलुकका एक राजकुमारले इमरानलाई १० लाख डलर पर्ने घडी उपहार दिएका थिए । त्यसलाई उनले गोप्य रूपमा बेचेपछि विपक्षी दलहरूले उनको कठोर आलोचना गरेका छन् ।प्रधानमन्त्रीले विदेशी उपहार बेचेर सरकारी कोषमा घात गरेको आरोप विपक्षीहरूले लगाएका छन् । विदेश भ्रमणमा राष्ट्रप्रमुख तथा संवैधानिक पदमा रहेका अधिकारीहरूबीच उपहार आदानप्रदान हुने गरेको छ । त्यसरी पाएको उपहार सरकारी कोषमा रहिरहन्छ । सरकारले चाहेमा पछि त्यसलाई लिलाम बिक्री गर्न सक्छ ।पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी तथा पीएमएल–एनकी उपाध्यक्ष मरियम नवाजले ट्वीट गरी लेखिन्, ‘इमरान खानले अन्य देशबाट प्राप्त उपहार बेचेका छन् । खानले सरकारी कोषबाट विदेशी उपहार लुटे । कुनै व्यक्ति यति असंवेदनशील, बहिरो, लाटो र अन्धो कसरी हुन सक्छ ?विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टका अध्यक्ष फजलुर रहमानले राजकुमारबाट प्राप्त महंगो घडी प्रधानमन्त्री खानले बेचेको खबर पाएको र यो लज्जास्पद भएको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप