Techie IT
×
गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सन्ध्याग्रुप अल्खोर कतारको टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

सन्ध्याग्रुप अल्खोर कतारको टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


दोहा – कतारमा स्थापित सामाजिक संस्था सन्ध्याग्रुप अल्खोर कतारले बडा दशै -२०७८को उपलक्ष्यमा ‘टिकाग्रहण तथा शुभकामना आदानप्रदान’ कार्यक्रम सम्पन्न गरेको छ।

सन्ध्याग्रुपका अध्यक्ष गणेश क्षेत्री,संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली, द्वितीय उपाध्यक्ष राज रुचाल,कोषाध्यक्ष नारायण हमाल,सह- कोषाध्यक्ष सन्जिब खाती सदस्य बिबिसा लुईटेल लगाएत दर्जनौ दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो।

पछिल्लो समय कतारको भाईरल पुल नामले परिचित पर्पल आईरल्यान्डमा गरिएको उक्त अनौपचारिक कार्यक्रममा सबैजनाले पालैपालो संस्थाका अध्यक्ष गणेश क्षेत्री तथा प्रमुख सल्लाहकार राम पराजुलीको हातबाट टिकाग्रहण गरिएको थियो।

टीका ग्रहण कार्यक्रममा कतारका विभिन्न स्थानबाट दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।संस्थाका प्रथम उपाध्यक्ष सन्तोष केसीद्वारा सहजीकरण गरिएको उक्त अनौपचारिक कार्यक्रममा एक आपसमा परिचयात्मक भेटघाट, टीका ग्रहण,क्प भोजन ग्रहण लगाएत नाचगान गरि मनाईएको थियो।


क्याटेगोरी : ग्लोबल, गल्फ, समाज
ट्याग : #breaking, #hot



तपाईको प्रतिक्रिया दिनुहोस