गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पाकिस्तानमा भूकम्प : कम्तीमा १८ जनाको मृत्यु पाकिस्तानमा भूकम्प : कम्तीमा १८ जनाको मृत्यु दीप संञ्चार असोज २१, २०७८ गते ८:२१ मा प्रकाशित काठमाडौँ पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।सामाजिक सञ्जालमा सेयर गरिएका तस्बिरहरूमा क्वेटा सहरका मानिसहरू भूकम्पपछि सडकमा बसिरहेको देख्न सकिन्छ । प्रारम्भिक रिपोर्टका अनुसार भूकम्पको तीव्रता ५।७ रेक्टर स्केलको रहेको थियो । सरकारी अधिकारीहरूले भवनहरू भत्किँदा मानिसहरूले ज्यान गुमाएको बताएका छन् । स्थानीय अधिकारीहरूले बीबीसी उर्दूसँग कुराकानी गर्दै कम्तीमा १५० जना घाइते रहेका छन् । धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।उद्धार कार्य अहिले पनि जारी रहेको छ । रोयटर्स न्युज एजेन्सीका अनुसार मारिनेमा धेरै महिला र बालबालिका रहेका छन् । सबैभन्दा धेरै क्षति हरनाई जिल्लामा भएको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । हरनाई प्रान्तीय राजधानी क्वेटाभन्दा पूर्वमा रहेको छ । बलोचिस्थानका गृहमन्त्री मिर जियाउल्लाह लाङ्गुले प्रभावित क्षेत्रमा उद्धारकर्मीहरू खटाइसकिएको जानकारी दिएका छन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप