गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ महाभारतको अनौठो कथा, गान्धारीको बिहे बाख्रोसँग ! महाभारतको अनौठो कथा, गान्धारीको बिहे बाख्रोसँग ! दीप संञ्चार असोज २०, २०७८ गते १३:०८ मा प्रकाशित काठमाडौँ महाभारत हिन्दू धर्मको अनुपम ग्रन्थ हो । यसमा अनेकौं आश्चर्यलाग्दा कथाहरू भेटिन्छन् । यहाँ तीमध्ये एउटा कथा प्रस्तुत गर्ने जमर्को गरिँदैछ ।धृतराष्ट्रको विवाह गान्धार देशकी राजकुमारी गान्धारीसँग भएको थियो । गान्धारीको कुण्डली दोष भएका कारण एक साधुको सल्लाहबमोजिम उनको विवाह एउटा बाख्रोसँग गरिएको थियो । पछि त्यो बाख्रोको बलि दिइयो ।यो कुरा गान्धारीको विवाहका बेलामा लुकाइएको थियो । पछि धृतराष्ट्रले यो कुरा थाहा पाएपछि गान्धार नरेश सुबाला र उनका छोराहरूलाई कारागारमा राखेर यातना दिइएको थियो ।एक एक गरी सुबालाका सबै छोरा मर्न थाले । उनीहरूलाई खानका लागि मुट्ठीभरि मात्र भात दिइन्थ्यो । सुबालाले आफ्नो सबभन्दा कान्छो छोरो शकुनिलाई प्रतिशोधका लागि तयार पारे । सबैजनाले आफ्नो भागको भात शकुनिलाई दिन्थे । ऊ बाँचेर कौरवको नाश गरोस् भन्ने चाहना उनीहरूमा थियो । मृत्युअघि सुबालाले धृतराष्ट्रलाई शकुनि छोड्न बिन्ती गरे र धृतराष्ट्रले त्यो बिन्ती माने । सुबालाले शकुनिलाई आफ्नो करङको हाडबाट पासा बनाउन भने र शकुनिका पिताको हाडबाट बनेको जुवाको त्यही पासा कौरव वंशको नाशको कारण बन्न पुग्यो ।शकुनिले हस्तिनापुरमा सबैको विश्वास जिते अनि १०० कौरवका अभिभावक बने । उनले दुर्योधनलाई युधिष्ठिरविरुद्ध भड्काएर महाभारत युद्धको आधार तयार पारे ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारहेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदैअयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा, ७ हजारभन्दा बढी बिशिष्ट… धेरै पढिएका १रातिको खानामा यी बानी सुधार गर्नुहोस् २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ४अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ५साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ६भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८लागूपदार्थ तस्करीको आरोपमा इरानमा नौ जनालाई फाँसी ताजा अपडेट स्वदेश फर्किए कतारका राजा नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर प्रधानमन्त्री र कतारी अमिरबीच द्विपक्षीय भेटवार्ता जारी भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक छ: राष्ट्रपति पौडेल प्रधानमन्त्री र कतारी अमिरबीच भेटवार्ता शुरु वीरेन्द्र तालमा हिमपहिरो, सामागाउँ-साम्दु जोड्ने पुल बगायो तमु (गुरुङ) समाज कतारद्वारा चेलीबेटी भोज तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न नेपाली नयाँ वर्ष २०८१ र इद उल फित्रको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने