गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने दीप संञ्चार असोज १९, २०७८ गते १६:२४ मा प्रकाशित काठमाडौँ –अष्ट्रेलियाले अर्को वर्ष ९२०२२० सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ ।अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ। गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए ।गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो। यसै बीच प्रधानमन्त्री मोरिसनले मङ्गलबार अष्ट्रेलियालीहरू पछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकहरू भन्दा कुशल आप्रवासीहरू र अन्तरराष्ट्रिय विद्यार्थीहरू हुने बताएका छन् ।अन्य देशहरूबाट अष्ट्रेलिया प्रवेश गर्नेहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सृजित प्रतिबन्धका कारण भएको हो । कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ। किनकि यहाँका प्रायः विश्वविद्यालयहरू विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन् । जारी सीमा प्रतिबन्ध निरन्तर रहदाँ अन्तरराष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जानसक्ने डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन् ।प्रधानमन्त्री मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, ‘अर्को प्राथमिकता कुशल आप्रवासी हुन् जो देशका लागि धेरै महत्त्वपूर्ण छन् र जसले पूर्ण खोप पनि लगाएका छन् । साथसाथै अष्ट्रेलियामा अध्ययन गर्न आउने र अध्ययनपश्चत् फर्किने विद्यार्थी पनि त्यतिकै महत्त्वपूर्ण छन् ।’अष्ट्रेलियन पर्यटन परिषद् जसले एक क्षेत्रको प्रतिनिधित्व गर्दछ त्यसले महामारीभन्दा पहिले अन्तरराष्ट्रिय पर्यटकहरूबाट मात्र एक वर्षमा ४५ अर्ब अस्ट्रेलियन डलर कमाएको थियो। यस परिषद्ले मार्च सम्ममा सीमा प्रतिबन्ध हट्ने र बाह्य पर्यटकको आवागमनमा सहजता आउने अपेक्षा गरेको छ । अष्ट्रेलियाले कोभिड विरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ तर पनि सङ्क्रमण भने नियन्त्रणमा आइसकेको छैन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न