गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कोरोना विरुद्धको लडाई जित्दै कतार, विभिन्न क्षेत्रका प्रतिबन्ध हट्दै कोरोना विरुद्धको लडाई जित्दै कतार, विभिन्न क्षेत्रका प्रतिबन्ध हट्दै तिलु शर्मा पौडेल असोज १४, २०७८ गते २३:३३ मा प्रकाशित दोहा – कोरोना विरुद्धको लडाइमा सफलता पाउँदै गइरहेको कतारले विभिन्न क्षेत्रमा लगाएका प्रतिबन्धहरू क्रमशः हटाउँदै गएको छ l कतार सरकारको मन्त्रिपरिषद्को बैठकले आउँदो आइतबार बाट लागु हुने गरी प्रतिबन्ध लाई थप खुकुलो बनाउने निर्णय गरेको हो l यहाँका स्थानीय समाचार माध्यमका अनुसार सीमित क्षेत्र बाहेक अन्य अवस्थामा मास्क लगाउनु नपर्ने भएको छ lसरकारी निर्णय अनुसार मल, भिडभाड हुने स्थान, अस्पताल तथा विभिन्न सभा समारोह बाहेक मास्कको अनिवार्य प्रयोगलाई हटाइएको छ l फुड कोर्ट तथा होटेलहरू पचास प्रतिशत क्षमतामा खोल्न पाइने छ l सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीहरू कार्यालयमै फर्केर काम गर्न सक्नेछ भने संग्राहलय तथा पुस्तकालय पूर्ण रूपमा खुल्ला हुने भएको छ l प्रार्थना लागि सबै मस्जिदहरू खुल्ला हुनेछन् भने सामाजिक दुरी कायम गर्नु पर्ने छैन lरेल तथा सरकारी सवारी साधन, कम्पनीका बसहरूले पचहत्तर प्रतिशतले यात्रु तथा कामदार बोक्न पाउने छन् भने निजी सवारी साधनमा परिवार बाहेक चालक सहित ४ जना मात्र चढ्न पाइनेछ l सार्वजनिक स्थलहरू क्रोनेच, बिच तथा पार्कहरूमा कोरोना विरुद्धका दुवै डोज लगाएकाहरू तिस जना सम्म भेला हुन् पाइने निर्णयमा उल्लेख गरिएको छ l यस्तै तारे होटेलका हलहरूमा ५० प्रतिशत क्षमतामा मानिस जम्मा हुन् पाइने छ l ७५ % क्षमतामा ड्राइभिङ स्कुलहरू खोल्न पाइने छ lकतारमा पछिल्लो समय कोरोनाका सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको छ भने भ्याक्सिन लगाउनेहरूको सङ्ख्या ८० % भन्दा माथि रहेको छ l कतारमा हाल सम्म २३ लाख ६ हजार ५ सय ५८ जनामा कोरोना पोजेटिभ देखिएको छ भने २३ लाख ४ हजार ६७१ जनाले कोरोनालाई जितेका छन् l कोरोनाका कारण कतारमा कुल ६ सय ५ जनाको मृत्यु भएको छ भने १२ सय ८२ जनाको उपचार चलिरहेको छ lक्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल