गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ जर्मनीमा एन्जेला मर्केलको उत्तराधिकारी को बन्ला ? जर्मनीमा एन्जेला मर्केलको उत्तराधिकारी को बन्ला ? दीप संञ्चार असोज १०, २०७८ गते २०:५० मा प्रकाशित काठमाडौँ –लामो समय जर्मनीको चान्सलरको उत्तरदायित्व वहन गरेकी एङ्गेला मर्केलको उत्तराधिकारी चयनका लागि आइतवार जर्मन नागरिकहरूले संसदीय निर्वाचनमा मतदान गर्दैछन्।जर्मनीमा लोकप्रिय मानिएकी मर्केलकोको उत्तराधिकारी चयन तीव्र प्रतिस्पर्धाबाट हुने ठानिएको छ।बर्लिनका सडकहरूमा हरेक वर्ष आयोजना हुने म्याराथन भइरहँदा त्योभन्दा ठूलो प्रतिस्पर्धा देशको कार्यकारी पदका लागि हुँदैछ।चुनावी अभियानको अन्त्यतिर आइपुग्दा मर्केलको कन्जर्भेटिभ उम्मेदवार आर्मिन लासेटको गृहनगर आचेनमा आयोजित चुनावी सभामा सहभागी भएकी थिइन्।अन्तिम मतसर्वेक्षणहरूले उनीहरूको असम्भावित विजय हुनसक्ने सङ्केत देखाएका छन्। युरोपको सबैभन्दा शक्तिशाली अर्थतन्त्रको नेतृत्वमा कसलाई पुर्याउने निर्णय जर्मनीका छ करोड मतदाताहरूले लिँदैछन् ।आइतवार साँझ मतदान सकिँदासम्म कसले चुनाव जित्दैछ भन्ने स्पष्ट सङ्केत देखिने बताइएको छ।जर्मन राजनीतिको सबैभन्दा उच्च पदबाट बाहिरिनुभन्दा केही साताअघि मर्केल आफैँ चुनावी र्यालीहरूमा देखा परिन्। निकै अप्रत्यासित मानिएको चुनावी चहलपहल मर्केलको र्यालीमा नआउँदासम्म तातेको थिएन।“को सत्तामा छ भन्ने कुराले साँच्चिकै महत्व राख्छ,” मतदानको ४८ घण्टाअघिसम्म उनी मतदाताहरूलाई चेतावनी दिँदै थिइन्।उनले जर्मनीको स्थिरता र युवाहरूको भविष्य उनका उम्मेदवार आर्मिन लासेटले मात्रै सुनिश्चित गर्न सक्ने सन्देश दिने प्रयास गरेकी थिइन्। (बीबीसीको सहयोगमा)क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप