गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ विहान सूर्यलाई पानी किन चढाउने ? जानीराखौँ विहान सूर्यलाई पानी किन चढाउने ? जानीराखौँ दीप संञ्चार असोज १०, २०७८ गते ६:०१ मा प्रकाशित काठमाडौँ हाम्रो संस्कृति तथा सनातन धर्ममा सूर्यलाई भगवानको दर्जा दिइएको छ । ग्रह विज्ञानको हिसावले सूर्यलाई सबैभन्दा श्रेष्ठ ग्रह मानिएको छ । सूर्य उजाको स्रोत हो र अन्य ग्रह यसको परिक्रमा गर्दछन् । उनीहरु सूर्यबाट उज्यालो प्राप्त गर्दछन् । सनातन धर्मले पनि यसको महत्वलाई प्रष्टसँग दर्शाएको पाइन्छ । सबैभन्दा श्रेष्ठ मान्दै सूर्य देवको पूजा गर्ने बताएको छ ।सूर्यलाई जल अर्पण गर्नुको पछाडि धार्मिक सँगै अन्य बैज्ञानिक तथ्यपनि छन्ःजो व्यक्तिको कुण्डलीमा सूर्य कमजोर हुन्छ या जसमा आत्मविश्वासको कमी हुन्छ या जो निराशावादी हुन्छ र जसलाई घर परिवारमा मान सम्मानको अभिलाषा हुन्छ उनीहरुले सूर्यलाई जल चढाउनु महत्वपूर्ण हुनेछ ।सूर्यको किरणमा सात रंगको समावेश भएको हुन्छ । जसले हामीलाई स्पष्ट देख्नमा मद्यतकारी हुन्छ । सूर्यको उज्यालोले हामीलाई रंगको पहिचान गर्न सक्षम बनाउँछ ।कुनैपनि व्यक्ति सूर्यलाई जल चढाउँछ, सूर्यबाट निस्किने किरणले उसलाई स्वास्थ्य लाभ दिलाउँछ । विहानको किरणले शरीरमा रंगको असन्तुलनलाई ठिक गराउँछ । यसले शारीरिक प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गराउँछ ।धार्मिक दृष्टिकोणले सूर्य देवलाई आत्माको कारक मानिएको छ । प्रातः समयमा सूर्य देवको दर्शन गर्दा प्रेरणा प्राप्त हुने गर्दछ । यसले शरीरमा स्फूर्ति ल्याउने र सकारात्मक भावको प्रवेश गराउँदछ । यसले नकारात्मक उर्जा नष्ट गराउँछ ।सूर्यलाई जल चढाउनको लागि विहान सूर्योदय भन्दा पहिले उठेर स्नान गरी तामाको लोटाबाट सूर्यलाई जल अर्पित गर्ने विद्यान छ । धातु र सूर्यको किरणको असरले सकारात्मक उर्जा प्राप्त हुने गर्दछ । जल चढाउँदा सूर्य मन्त्र ‘ऊँ सूर्याय नमः लाई जप गर्नुहोस् ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल