गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अफगानिस्तानको आकाश नछोई अमेरिका गयो मोदी सवार विमान अफगानिस्तानको आकाश नछोई अमेरिका गयो मोदी सवार विमान दीप संञ्चार असोज ६, २०७८ गते २०:२४ मा प्रकाशित काठमाडौँ –अमेरिका भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार विमानमा त्यसतर्फ प्रस्थान गरेका छन्। तर उनको विमान अफगानिस्तानको आकाश भएर गएन। सुरक्षाका कारण यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट सीधै अमेरिका उडानका लागि पास्कितानको हवाई मार्ग प्रयोग गरेका हुन्।अफगानिस्तान कब्जा गरेपछि तालिबानले गत अगस्ट १६ देखि आफ्नो हवाई मार्ग (आकाश) मा व्यावसायिक उडान प्रतिबन्ध लगाएको थियो। त्यसपछि भारत सरकारले आफ्ना हवाई सेवा कम्पनीहरूलाई अफगानिस्तानको हवाई मार्ग प्रयोग नगर्न सूचना जारी गरेको थियो।प्रधानमन्त्री मोदीसँग विशेष विमानमा एनएसआई अजित डोभाल, विदेश सचिव हर्षवर्धन शृंगलासहित सरकारका उच्च अधिकारी अमेरिका गएका छन्। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री मोदीको उडानका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोगका लागि अनुमति मागिएको थियो।खासमा भारतबाट अमेरिका जाने हवाई रुट पाकिस्तान र अफगानिस्तान भएर जान्छ। यसपछि विमान ताजिकिस्तानको सीमास्थित नर्थ एटलान्टिक महासागरमाथि भएर उड्छ।प्रधानमन्त्री मोदीको विशेष विमान नयाँ दिल्लीबाट सीधै अमेरिका उड्दा १५ घण्टा लाग्छ। तर अफगानिस्तानको आकाश प्रयोग नगर्दा केही समय बढी लाग्नेछ।अमेरिकामा आयोजना हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ गएका हुन्। त्यहाँ उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र जापानका प्रधानमन्त्री योसिहिदे सुगालगायत सँग भेटवार्ता गर्नेछन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ताजा अपडेट एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै