गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ दलीय निर्णयको पर्खाईमा एनसीसी चुनाव दलीय निर्णयको पर्खाईमा एनसीसी चुनाव करिम बक्स मियाँ साउन ९, २०७६ गते १९:०४ मा प्रकाशित दोहा, एनसीसी कतारको चुनाव नजिकिंदै गर्दा कतारको नेपाली समुदायले नेकपाको कतार स्थित भातृ संगठनको निर्णय पर्खिन बाध्य देखिएका छन्।तत्कालिन एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च र तत्कालिन माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशिल मन्चको संयुक्त निर्णय पर्खेर बसेको चर्चा छ।प्यानल बिना जित्न नसकिने बिगतको नजीरलाई हेरेर विभिन्न पदका आकांक्षी उमेदवारहरु समेत नेकपा कतारको निर्णयको पर्खाईमा बसेका छन्।काँग्रेस कम्युनिस्ट बाहेक नयाँ समुहहरुपनि यसपटक एनसीसी चुनावमा थपिएका छन्।यहि आउँदो जुलाई २६ तारीक एनसीसी कतारले २०१९-२१ कार्यकालको लागि परिषद सदस्य बन्न आवेदन दिएकाहरुको अन्तिम नामावली प्रकाशित गर्ने तयारी गर्दैछ। सम्भवत: नेकपाको भातृ संगठनले त्यही दिन संस्थागत उमेदवार बारे निर्णय लिने चर्चा छ।२०१९-२१ कार्यकालको लागि वर्तमान एनसीसी कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल र गत निर्वाचनमा अध्यक्ष पदमा पराजित तथा एनसीसी कतारका सल्लाहकार समेत मोहम्मद मुक्तदा मुसलमान नेतृत्वको दावेदार मानिएका छन् । स्मरण गर्नुपर्ने के छ भने दुबै आकांक्षी पुर्व एमाले उर्फ अहिलेको नेकपा निकट हुन्। त्यसकारणपनि नेकपाको कतार संगठनमा एनसीसी नेतृत्वको बहस बिगत केही महिनादेखी पेचिलो बन्दै आई रहेको छ।शुत्र भन्छ नेकपाको कतार संगठनले करीव करीव मुसलमानको पक्षमा निर्णय लिने तयारी गरेको छ। नेतृत्वको लागि नेकपाको आधिकारिक उमेदवार बन्न बढी मत संख्या देखाउनु पर्ने र संगठनभित्रका निर्णायकहरुको मत जता बढी उसैको हकमा निर्णय हुने शर्त सारिएक श्रोतले बताएको छ।बिगतदेखी काँग्रेस र एमाले निकट प्यानल बिच नेतृत्व हत्याउने खेल हुने गरेको भएपनि यसपटक त्यस्तो देखिएको छैन। नेपाली काँग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिती भने नेतृत्वको विषयमा मौन बसेको छ।करीव ४४ सयको हाराहारीमा यसपटक परिसद सदस्य कायम हुने प्रारम्भिक शुत्रले देखाएको छ भने काँग्रेस कम्युनिस्ट बाहेक नयाँ समुहहरुपनि यसपटक एनसीसी चुनावमा थपिएका छन्।तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच भएको एकतापछि गठित समाजवादी पार्टीको कतार स्थित संगठन नेपाली समाज कतार, संघीय लिम्बूवान सामाजिक मन्च, हेल्प मधेस समूह र सिके राउत समूह यस पटकको चुनावमा निर्णायक भुमिका खेल्न सक्ने शक्तिको रुपमा देखिएका छन्।सबैभन्दा रोचक पक्ष भनेको यसपटक दलीय रवाफको लडाइँ भन्दापनि भेगीय लडाइँ हुने खतरा देखिएको छ। वैचारिक संगठनको नेतृत्व तहमा रहेकाहरुबाट नै भेगीय नारा दिएर एनसीसी कतारलाई भुगोलले बाँड्ने कार्य गरेकोप्रति भने स्थापनाकालदेखि निरन्तर एनआरएनए अभियानमा लागेकाहरु रुष्ट देखिन्छन्। वैचारिक लडाईंको मार खेप्दै आएको एनसीसीलाई भेगीय नारा बोकेर चुनावी मैदान तताउनु दुर्भाग्य भएको अभियन्ताहरु बताउँछन्।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टहर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट