गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ सञ्जालको महाधिवेशनको तयारी पूरा, नयाँ नेतृत्वको लागि निकै प्रतिस्पर्धा सञ्जालको महाधिवेशनको तयारी पूरा, नयाँ नेतृत्वको लागि निकै प्रतिस्पर्धा दीप जङ्ग शाह साउन ९, २०७६ गते २:४२ मा प्रकाशित ठकुरी सहयोग सञ्जार कतारले आफ्नो पाचौं वार्षिक उत्सव एवं चौथो अधिवेशनको तयारी पूरा भएको बताएको छ । सभ्य भाषा, सभ्य संकृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक सम्रृद्दिको साथ सहयोग र सद्भाव सबैमा विश्व्यापी हाम्रो अभियान भन्ने मुल नाराका साथ स्थापना भएको सञ्जालले कतार स्थित लाली गराँस रेष्टुरेन्ट, ग्राण्ड मलको सभा हलमा सम्पन गर्न लागेको हो ।संस्कार र संस्कृतिको जगेर्ना संगै समृद्द समाजको कल्पना गरेको बताउदै सञ्जालका अध्यक्ष कृष्ण शाहले भने, “जात र धर्म भन्दा माथि उठेर समग्र मानव जातिको हितका लागि सिंगो ठकुरी एक हुनु अहिलेको आवश्यकता हो ।” शाहले दिन दिनानुदिन अपभ्रम्ष हुँदै गएको ठकुरी भाषा संस्कृति र सभ्यता प्रति गहिरो चिन्ता व्यक्त गर्दै आफुले पछिल्लो २ वर्ष निकै चुनौतिपूर्ण कार्यकाल सम्पन्न गरेको बताए । शाहले भने “ठकुरी एकतालाई एका तर्फ जातिय गूँठबन्दीको आरोप समेत लाग्ने गरेको छ भने अर्को तर्फ स्वयम ठकुरी राजामहारानीहरु आफ्नो पहिचान प्रति संवेदनशीलतामा कमि देखिन्छ, तथापी हामिले गरेको विभिन्न अन्तरकृया, सभा सम्मेलन तथा साथ-सहयोग आदान प्रदानले निकै उचाई लिएको छ ।”झण्डै तिनसयको हाराहारीमा साधारण सदस्यता रहेको सञ्जालले सामाजिक अभियन्ताका रुपमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको छ । सुरुवातीका दिनहरुमा नेतृत्व पाउन नै धौ धौ भएपनि आगामी नेतृत्वको लागि निकै प्रतिस्पर्धा देखिएको सञ्जालका सल्लाहकार निर्मल सिंह ठकुरीले बताए, ठकुरीले भने “प्रवासको भुमिमा रहेर पनि सञ्जाल प्रतिको चासो र महत्वका विषयमा प्रतिस्पर्धा हुनु सकारात्मक कुरा हो । तर सञ्जाल भित्र अस्वस्थ प्रतिस्पर्धा भने छैन । मलाई विश्वास छ सञ्जालले आगामी नेतृत्व सर्व सहमति मै पाउने छ ।”यहि जुलाई २६ गते शुक्रवार हुने अधिवेशन तथा वार्षिक उत्सव कार्यक्रमलाई २ चरणमा विभाजन गरीएको छ । पहिलो चरण औपचारीक कार्यक्रम अन्तरगत विविध सास्कृतिक कार्यक्रम, संस्थाको वार्षिक प्रगति विवरण तथा आर्थिक प्रतिवेदन र विभिन्न व्यत्तित्वहरुको मन्तव्य रहेको छ भने दोस्रो चरणमा बन्द सत्र रहेको सञ्जालका प्रथम उपाध्यक्ष भरत मल्लले बताए । मल्लले कतारमा रहेका सम्पूर्ण ठकुरीलाई नयाँ सदस्यता समेत खुल्ला गरिएको जानकारी दिदै समयमै सदस्यता लिन आग्रह समेत गरेका छन्।क्याटेगोरी : गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप