गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ ‘उडायो सपना सबै हुरीले……’ ‘उडायो सपना सबै हुरीले……’ प्रिया स्मृती गजमेर साउन ४, २०७६ गते १७:२३ मा प्रकाशित दाङ, राजपुर गाउपालिकाको वडा नम्बर १ को माररीखोला अत्यन्तै बिकट बस्ति हो । सोहि बस्तीमा एक सामान्य आर्थिक स्थिती भएका सुनार परिवारको बसोबास । घर खर्च चलाउन गाह्रो भएपछी दुवै लोग्ने स्वास्नीको सल्लाह बमोजिम भिम कुमारीका श्रीमान् धन कमाउन विदेश लागे ।सानो झुप्रो, धेरै पैसा कमाएर ठुलो महल बनाउने सपना थियो उनीहरुमा तर सोचेको भन्दा धेरै फरक भैदिएको छ । बिकटको बस्ति, गर्मीयामको सिजन, भौगोलिक बनावट नै फरक प्रकृतीको, न टेलिफोनले राम्रो संग काम गर्छ न त भनेको बेला एम्बुलेन्स र दमकल पुग्छ त्यो बस्तीमा । राजपुर गाउपालिका वडा नम्बर १ माररीखोला निवासी भिम कुमारी सुनारले गर्मीले आकुल ब्याकुल भएका बेला टेबलमा रहेको पंखा चलाउन खोजिन उक्त पंखाले सितलता प्रदान गर्नुको साटो झन् गर्मि हुने गरि तनाब सिर्जना गरायो ।भिम कुमारीले हेर्दा हेर्दै घर जलेर खरानी भयो तर उनले आफ्नो ८ बर्षिया छोरी बाहेक अरु केहि बचाउन सकिनन् । घरको आर्थिक स्थिति दयनीय थियो नै अब त्यो पनि रहेन ।पंखा चलाउन खोज्दा बिधुतको तार सर्ट भएर आगो निस्कियो । खरले छाएको घर, हेर्दा हेर्दै आगोले एकै छिनमा स्वाहा बनायो । भिम कुमारीले हेर्दा हेर्दै घर जलेर खरानी भयो तर उनले आफ्नो ८ बर्षिया छोरी बाहेक अरु केहि बचाउन सकिनन् । घरको आर्थिक स्थिति दयनीय थियो नै अब त्यो पनि रहेन । सानो परिवारलाई सुखी बनाउने सपना बोकेर भिम कुमारीका श्रीमान् विदेश गएको पनि भर्खर हो । यता घरमा आगलागी भएको खबरले सुनेका श्रीमान पनि बेचैनी बनेका छन् । साहु कर्जा गरेर धन कमाउन विदेश गएका श्रीमानलाई घरको नराम्रो खबर सुनेपछि नराम्रो लाग्नु स्वाभाविक हो । गहभरि आशु लिदै भिम कुमारीले भनिन अब जे हुनु भैहाल्यो आफ्नो ख्याल गर्दै काम गर्नु होला यताको पिर नलिनुस म छदै छु, तर यो प्रदेशीको मन बुझाउने बाटो मात्र हो भन्छन उनका श्रीमान् । यति बेला भिम कुमारी ८ बर्षिया छोरीलाई लिएर बेलाको मटेरियामा आश्रय लिरहेकी छन् ।यसै बीच देउखुरी उधोग बाणिज्य संघका महासचिब कमलजंग सिंह ठकुरी, नेपाली कांग्रेस साबिक बेला गाबिसका सभापती शरद कुमार बुढाथोकी र राजपुर गाउपालिका वडा नम्बर पाँचका वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीले आज शनिबार अग्नी पिडितलाई आर्थिक राहत प्रदान गरेका छन् । आज शनिबार एक कार्यक्रमको आयोजना गरेर आगलागी पिडित सुनारलाई नेपाली कांग्रेस साबिक बेला गाविसका सभापति शरद कुमार बुढाथोकीले नगद पन्ध्र हजार र राजपुर गाउपालिका वडा नम्बर पाँचका वडाध्यक्ष नरेन्द्र सिंह भण्डारीले दश हजार रुपैया प्रदान गरेका हुन् । त्यस्तै देउखुरी उधोग बाणिज्य संघका महासचिव एवं युवा व्यवसायी कमलजंग सिंह ठकुरीको नेतृत्वमा लमही बजारमा व्यवसाय गर्ने व्यवसायीहरुसंग संकलन गरेको खाद्य सामान पिडित सुनारलाई प्रदान गरिएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्युव्यावसायिक बाख्रापालक महासंघ दाङले मनायो प्रथम बाख्रा दिवस ( यस्तो… धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २रातिको खानामा यी बानी सुधार गर्नुहोस् ३अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ६साउदीसँग एक महिनाभित्र श्रम सम्झौता गर्ने प्रस्ताव, कतारका अमिरको नेपाल भ्रमणका क्रममा श्रम समझदारीपत्रमा हस्ताक्षर हुने ७यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ८सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ताजा अपडेट संसद्मा कांग्रेस सांसदहरूको नाराबाजी प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ : सिटौला श्रीमतीले गरिन् श्रीमानको घाँटी रेटेर हत्या तारले रुखमा बाँधेर ज्यूँदै जलाएको अवस्थामा काभ्रेमा भेटियो पुरुषको शव सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता ठहरिने थप अधार भेटिएको कांग्रेसको दाबी दोषी भए फाँसी दिनुहोस भन्दै मध्यरातमा सन्दिपले लेखे यस्तो भावुक स्टाटस आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन