गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ जीविकोपार्जनका लागि बाख्रा वितरण जीविकोपार्जनका लागि बाख्रा वितरण प्रिया स्मृती गजमेर असार ३१, २०७६ गते १३:५९ मा प्रकाशित दाङ, लमही नगरपालिका वडा नम्बर ३ बनगाउँका लिलबहादुर डाँगि अहिले दंग छन् । वडा नम्बर ३ को वडा कार्यालयले जीविकोपार्जन कार्यक्रम अन्तर्गत अनुदानमा वितरण गरेको बाख्रा पाएपछि उनी दंग भएका हुन् । वडा कार्यालयले वडा अन्तर्गत ३६ घरधुरी प्रतिव्यक्ति सोह्र हजार मुल्य बराबरको दुईवटा उन्नत जातको बाख्रा अनुदानमा वितरण गरेको छ । असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई अनुदानमा बाख्रा वितरण गरेको हो ।प्रत्येक वडाको वार्षिकरूपमा असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई समृद्ध बानाउने योजना रहेको र आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्य रहेको लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए ।कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कसलबहादुर केसीले एकल जीवन बिताउँदै आएका असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई अरु सरह नै निर्धक्कका साथ समाजमा व्यवसाय गरेर आत्मनिर्भर बन्न आग्रह गरे । नगर प्रमुख केसीले नगरपालिकाले असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलार्ई एकताबद्ध गराउन नगर स्तरिय समिति गठन गरेर विभिन्न आयमुलक कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराए ।कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले अनुदानमा वितरण गरिएको बाख्राको राम्रोसंग पालपोषण गरी छिट्टै नै उत्पादन लिन आग्रह गरिन् । वडा नम्बर ३ को वडा कार्यालयको विनियोजित वडाको ५ लाख २५ हजार वजेटबाट ३ लाख मुल्य बराबरको बाख्रा र २ लाख २५ हजार मुल्य बराबरको कोइराल, बडहरा र बकेनाको घाँस अनुदानमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । एकल असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलार्ई लक्षित गरी वडाले गरेको कामप्रति धन्यवाद लिलबहादुर डाँगिले व्यवसायिक तवरबाट बाख्रा पाल्ने बताए ।बाख्रा पालेर घरखर्च, छोराछोरीको पढाई खर्च चलाउने सोँच बनाएको लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ निवासी धनिराम चौधरीले बताए । वडाले कृषि र पर्यटक क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रमहरु गरिरहेको छ । महिला समुहलाई समुहमा तरकारी खेती गर्न अनुदान रकम सहयोग जस्ता कार्यक्रमले यहाँका कृषकलाई व्यवसायमा हौसला मिलेको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप