गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ राप्ती गाउपालिकालाई डसविन हस्तान्तरण राप्ती गाउपालिकालाई डसविन हस्तान्तरण प्रिया स्मृती गजमेर असार २८, २०७६ गते १:५७ मा प्रकाशित दाङ, राप्ती गाउपालिका क्षेत्रलाई सफा सुग्घर र हरियाली बनाउने उदेश्यका साथ डिभिजन वन कार्यालय लमही देउखुरीले राप्ती गाउँपालिकालाई डसविन उपलब्ध गराएको छ ।राप्ती गाउँपालिका खुला फोहर मुक्त बनाउने अभियान स्वरुप डिभिजन वन कार्यालय लमहि र नर्ति समन्वय समिति ले डसविन उपलब्ध गराएको हो । शुक्रवार एक कार्यक्रमको आयोजना गरि डिभिजन वन कार्यालय लमहीका प्रमुख शंकर प्रसाद गुप्ताले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिलाई सरसफाईमा हाम्रो पनि साथ र सहयोग निरन्तर रहने छ भन्दै सरसफाईका सामाग्री हस्तान्तरण गरेका हुन् । सरसफाई सामाग्री बुझ्दै राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले असल र राम्रो काममा सबैको साथ रहे अबस्य समाजलाई राम्रो बाटो तर्फ लैजान सकिने भन्दै डिभिजन वन कार्यालय लमहीको यो अभियानलाई धन्यवाद दिएका छन् ।सरसफाई समाग्री हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, सहायक वन अधिकृत लाल बाबु यादव, वडा अध्यक्ष जगत बहादुर थापा, राप्ती वन महासंघका अध्यक्ष हरी भुसाल, उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष जगत प्रसाद पोख्रेल, सामुदायीक वन समुहका अध्यक्षहरु हरी श्रेष्ठ, भिमकान्त भुसाल लगायतको सहभागीता रहेको थियो ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट