Techie IT
×
गृहपृष्ठपत्रपत्रिकानिर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो

निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो


आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।

 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् । ट्राफिक प्रहरीले पछिल्ला दिन गाडी रिजर्भ गरेर जानेको सङ्ख्यासमेत बढेको जनाएको छ । निर्वाचन मुखमा विभिन्न राजनीतिक दलले मतदातालाई गाडी रिजर्भ गरेर लैजाने गरेको पाइएको छ । यातायात व्यवसायीका अनुसार हिजो बुधबार र आज बिहीबार काठमाडौँ उपत्यकाबाहिर जाने बस बढी मात्रमा रिजर्भ भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

 


क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन

तपाईको प्रतिक्रिया दिनुहोस