गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती दीप संञ्चार असोज २८, २०७९ गते ७:४० मा प्रकाशित ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् ।संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् ।प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिंदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन्। पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उम्मेदवारले चुनौती दिएका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चालगायत दलहरूले पाका नेताहरूलाई प्राथमिकता दिएका छन् । प्रमुख भनिएका राजनीतिक दलहरूले युवाका माग सम्बोधन गर्न नसक्दा ती दलका पाका नेताहरूका लागि युवा उम्मेदवार चुनौतीका रूपमा देखा परेका हुन्।‘युवाहरूले देशको नेतृत्व लिनुपर्छ भन्ने सन्देशसहित देशभरिबाट प्रतिनिधिसभाका लागि कुल उम्मेदवारको एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रतिनिधिसभा सदस्य बन्ने मनोकांक्षा बोकेर ८६७ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा आउँदा उनीहरूमध्ये आधाजति २५ देखि ४० वर्ष उमेर समूहका छन् ।तीमध्ये ३६० जना ४१ देखि ६० वर्ष उमेर समूहका छन् । ७१ देखि ८५ सम्मका ८६ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र महिला उम्मेदवार ७७ जना छन् । स्वतन्त्रमा सबैभन्दा धेरै काठमाडौंबाट १७ जना महिला उम्मेदवार छन् । यो समाचारनागरिक दैनिकमाछ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #प्रतिनिधिसभा निर्वाचन, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ